पर्वतको जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीस्थित कालिगण्डकीले बगाएको एक बालकलाई प्रहरीले उद्धार गरेको छ। शनिवार दिउँसो कालीगण्डकी नदिले म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ बर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो ।

नदिले बगाएर झण्डै सय मिटर तल पु¥याएका बालकलाई तत्काल सुरक्षाकर्मीहरुको सहयोगमा उद्धार गर्दा बालक घाईते अवस्था भेटिएका थिए । नदिले बगाएका कारण बालकको हात खुट्टा, ढाडमा समेत गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भैरहेको छ ।

वारीबेनीस्थित आयोजित महोत्सव अवलोकनका लागि गएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँचरसात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो।

Leave a Reply