प्यारालाइसिसले थलिएकी बेनी नगरपालिका–२, फापरखेतकी ६० बर्षिया पुतली सार्कीलाई वेष्ट प्वाइन्ट कलेजमा गठित इन्फ्ल्युन्सियल ब्याचलर्स क्लबले खाद्यान्न र आर्थिक सहयोग गरेको छ ।

शनिबार गाउँमै पुगेर क्लबले नगद ५ हजार, एक बोरा चामल सहित खाद्यान्न, लत्ताकपडा वडा अध्यक्ष हिरा बहादुर थापा, आर्थिक संकलन अभियानका संयोजक भिमबहादुर पौडेलको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक डिवी दाहाल र क्लवका पदाधिकारीले ५ हजार नगद र खाद्यान्न साम्रागी हस्तान्तरण गरेको क्लवका संयोजक दिनेश कुमार बिश्वकर्माले जानकारी दिए ।

दम, प्रेसर, सुगरसँगै प्यारालाइसिसले थलिएकी पुतलीको अवस्थाका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि सहयोग आउने क्रम जारी रहेको छ । गाउँमा सुकुम्बासी जीवन विताइरहेका सार्की दम्पत्तीलाई एक कोठे भवन समेत निर्माण भइरहेको छ। सार्की दम्पत्तीलाई प्राप्त सहयोगमार्फत घर निर्माण भइरहेको जनाइएको छ । शनिबार नै बेनीबजारस्थित बिटेक कम्प्यूटर हाउसका सञ्चालक धुर्ब कार्कीले २ हजार, बन्दाा र विवेक परियार दाजुबहिनीले १ हजार, सरस्वती सुबेदीले ५ सय हस्तान्तण गरेको अभियानका संयोजक पौडेलले बताए ।

Leave a Reply