---Advertisement---

फेसबुकबाट महिलालाई अश्लिल प्रस्ताव राखेको आरोपमा पक्राउ

On: February 16, 2020 10:12 PM
Follow Us:

एक विवाहित महिलालाई फेसबुकको म्यासेन्जरमा अश्लिल म्यासेज पठाएको अभियोगमा एक ब्यक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका मेख बहादुर खड्कालाई प्रहरीले छिमेकी शिखमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितास्थलबाट नियन्त्रणमा लिएको हो ।

पीडित महिलाले आफुँलाई अश्लिल तस्वीर पठाउने, अनैतिक क्रियाकलापको प्रस्ताव गर्ने, अघोषित रुपमा धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिएको भन्दै महिलाको जायरीका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए । ‘घटनानको अनुसन्धान भइरहेको छ,‘दोषी भेटिए कारवाही हुन्छ’ प्रनाउ कुँवरले भने ।

पीडित महिलालाई अश्लिल तस्वीर, म्यासेज पठाउने, विभिन्न प्रस्ताव राख्न थालेपछि श्रीमानलाई जानकारी गराएपछि प्रहरीमा जायरी दिएको बताइएको छ । पीडित महिलाकी श्रीमान बैदेशिक रोजगारमा छन् । घटनाको थप अनुशन्धान भैरहेको र दोषी भेटिए बिधुतिय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन सकिने बताइएको छ ।