एक विवाहित महिलालाई सामाजिक संजाल फेसबुक मार्फत जथाभावी लेख्ने र अश्लिल तस्विर पठाउने एक स्थानीय नेतालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठित सदस्यताबाट समेत निलम्बन गरेको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका वडा कमिटी अध्यक्ष मेखबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले महिलामाथि अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ गरी अनुसन्धान सुरू गरेपछि छानविनमा सहज हुने गरी पार्टीको धारा ५६ को उपधारा ९ख० १ अनुसार गाउँ कमिटीको सदस्य, वडा सहित सम्पूर्ण जिम्मेबारीबाट समेत मुक्त गरेको नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैदेशिक रोजगारीबाट फर्किएर राजनीतिमा सक्रिय भएका खड्काले एक महिलालाई अश्लिल तस्वीर पठाउँदै यौनसम्बन्धको प्रस्ताव समेत राखेका थिए । आरोपी खड्काले बारम्बार यौनसम्बन्धको प्रस्ताव मात्र राखेनन् अश्लील सन्देश पठाएर हैरान पारेपछि महिलाले विदेशमा रहेका श्रीमानलाई जानकारी गराएकी थिईन् । महिलाको फेसबुक म्यासेन्जरमा महिलाको नग्न तस्वीर पठाउने, कोठामा आउने भन्दै दवाव दिने गरेको बुझिएको छ ।

प्रहरीले आरोपीलाई छिमेकी शिखमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितास्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए । ‘घटनानको अनुसन्धान भइरहेको छ,‘दोषी भेटिए कारवाही हुन्छ’ प्रनाउ कुँवरले भने । पीडित महिलालाई अश्लिल तस्वीर, म्यासेज पठाउने, विभिन्न प्रस्ताव राख्न थालेपछि श्रीमानलाई जानकारी गराएपछि प्रहरीमा जायरी दिएको बताइएको छ । पीडित महिलाकी श्रीमान बैदेशिक रोजगारमा छन् । घटनाको थप अनुशन्धान भैरहेको र दोषी भेटिए बिधुतिय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन सकिने बताइएको छ ।

Leave a Reply