चौथो निर्वाचन दिवसको अवसरमा जामुनाखर्क माध्यमिक विद्यालयमा ‘निर्वाचन र लोकतन्त्र’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको प्रतियोगितामा कक्षा १० का विनय सुबेदी प्रथम, प्रतिमा सुबेदी द्धितिय, कुशुम कुँवर र कक्ष ८ का प्रवेशराज रिजालले तृतिय भएका छन् ।

प्रतियोगिताका विजेतालाई क्रमश २५ सय, २ हजार र १ हजार नगद, प्रमाणपत्र प्रदान गरिएको विद्यालयका विद्यालयका शिक्षक गणेश केसीले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागी विद्यार्थीले लोकतन्त्र र निर्वाचन एकअर्काका परिपुरक भएको बताउँदै सरकारलाई जनमुखी, उत्तरदायी र जवाफदेही बनाउने एउटै शक्तीशाली आधार भनेको निर्वाचन भएको धारणा राखेका थिए ।

जनताले प्रतिनिधि फेरबदल गर्न पाउने हँुंदा लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनको आवश्यकता रहेको बक्ताहरुको भनाई थियो । प्रतियोगितामा १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । ‘स्वच्छ, स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र मितव्ययी निर्वाचन, शान्ति, स्थिरता,समृद्धि र सुशासन’ मूल नाराका साथ फागुन ७ गते मनाउन लागिएको दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरिएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्षता निर्वाचन अधिकृत पौडेल, स्वागत मन्तब्य विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र सञ्चालन शिक्षक मदन सुवेदीले गरेका थिए। यसैबीच दिवसको अवसरमा तीनदिनसम्म विविध कार्यक्रम गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply