????????????????????????????????????

म्याग्दीको सदरमुकाम बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविले एक समारोहका बीच ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। मंगलबार महारानीथानको प्रांगणमा भब्य समारोहका बीच आयोजित अभिभावक भेलाको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गदैं नेपालमा शैक्षिक गुणस्तर कायम गर्न निजी विद्यालयको योगदान अतुलनीय रहेको बताउनुभयो ।

उहाँले बर्तमान अवस्थामा समय सापेक्ष,व्यावसायिक, सीपमूलक, व्यावहारिक प्रविधियुक्त शिक्षा आवश्यक रहेको बताउनुभयो । विद्यालयको ब्यवस्थापन, अभिभावकको चासो, समुदायको माया र शिक्षकहरूको योगदानले समेत विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि हुने बताउनुभयो। उहाँले विद्यालयका सञ्चालकहरु सामाजिक रुपमा समेत विभिन्न योगदानको समेत प्रशंसा गर्नुभएको थियो।

उहाँले विद्यार्थीलाई, लगनशील भएर पढ्न समेत सुझाव दिनुभयो। कार्यक्रममा बेनी नगरपालिका उपमेयर सञ्जु बरुवाल, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, अभिभावको तर्फबाट विन्दु गुरूङ, रामबहादुर खत्रीले विदालयले गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनुभएको थियो । कार्यक्रममा गतबर्षको एसइई जिल्ला प्रथम सलिना राम्जालीले पठनपाठनमा अनुकुल विद्यालय भएको बताउँदै आफ्नो क्षमतासँगै शिक्षकसँग नजिक भएर नियमित मेहनत गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा म्याग्दीमा विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याएकालाई कदरपत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रममा नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले आआफ्नो प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गरेका थिए। कलिला बालबालिकाको नृत्य प्रस्तुत गर्दा कार्यक्रम थप रोचक बनेको थियो।

????????????????????????????????????

सोही अवसरमा दोस्रो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो । विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षता, निर्देशक किरण सापकोटाको सञ्चालन, स्कुलका प्रिन्सिपल राजु केसी, विद्यार्थीद्धय आयुष्मा सुबेदी र रक्षा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। माउण्ट एभरेष्टको महारानी, रेडक्रसमार्ग र शिक्षामार्गका करिव १८ सय विद्यार्थी अध्ययनरत छन् ।

????????????????????????????????????

Leave a Reply