म्याग्दीको सदरमुकाम बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविले एक समारोहका बीच ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा गतबर्ष म्याग्दीमा सर्वोत्कृष्ट ३.८ जिपिए ल्याउने सलिना राम्जालीलाई आधा तोला सुन र चाँदी जडित माउण्ट रत्न अवार्ड–२०७५ बाट सम्मानित गरिएको छ ।

????????????????????????????????????

गतबर्ष विद्यालयबाट एसइइमा जिल्ला प्रथम भएकी राम्जालीलाई मंगलबार एक कार्यक्रमका बीच बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, विद्यालयका सञ्चालक समिति अध्यक्ष चन्द्रकुमार केसी लगायतले बधाई एवं सम्मान गरेका हुन् । विद्यालयले हरेक बर्ष विद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई उक्त अवार्डले सम्मान गर्ने जनाएको छ ।

जिल्लाको मंगला गाउँपालिका वडा नं १ तुसारेपानी घरभई हाल पोखराको प्रतिभा माविमा विज्ञान संकायमा अध्ययनरत राम्जालीले सम्मान जिवनकै ठूलो उपहारको रुपमा लिएको बताउँदै विद्यालयले देखाएको बाटो हुदै परिवारको सपना पुरा गर्ने प्रतिबद्धता जनाईन् । ‘विद्यालय, शिक्षक र आफ्नों मेहनतका कारण यो सम्मान प्राप्त गरेको छु,‘यो सुनको पदकको प्रतिष्ठालाई कायम गर्ने गरी पढ्ने छु’ उनले भनिन् ।

विद्यालयका प्रिन्सिपल राजु केसीले माध्यामिक तहअन्तरगत कक्षा १२ सम्मका विद्यार्थीले यो सम्मान प्राप्त गर्ने बताए । उनले जिल्लामा शिक्षासँगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापलाई समेत ध्यान दिएर अगाडी बढ्ने बताए । ‘अभिभावकको सपना पूरा गर्ने गरी मेहनत गरिरहेका छौ,‘सवोत्कृष्ट विद्यार्थीबाट सिक्ने अवसर मिलाएका छौ’ केसीले भने ।

अवार्डबाट सम्मानित राम्जाली पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेकी थिइन् । विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीले मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई गरिने सम्मान क्षणिक भन्दा पनि भविस्यमा स्मरण गर्न मिल्ने गरी सम्मान गरिने बताए । वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

Leave a Reply