अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मगर बिद्यार्थी संघ म्याग्दी क्याम्पस मुल इकाईको अध्यक्षमा पाइजा

On: February 20, 2020 4:54 AM
Follow Us:

नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बदेको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित जिल्लाको अग्रणी शैक्षिक धरोहर म्याग्दी बहुमुखी क्याम्पसम मुल इकाई समिति गठन गरेको छ । म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समितिको अध्यक्षमा तुबिना पाईजा मगर चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा विशाल थापा मगर , सचीवमा सन्तु पुर्जा मगर , सह सचिवमा तिलक थापा मगर कोषाध्यक्षमा आकाश पुन मगर सहित ५० सदस्य कार्य समिति गठन गरिएको नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिको सदस्य रबिना पुन मगरले जानकारी दिनुभयो। नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय सदस्य रश्मि रोका मगरले प्रमुख आतिथ्यताको मन्तव्य राख्दै निर्बा्चित नयाँ कार्य समितिलाई भाषा , कला, सस्कृतीको जगेर्ना गर्न बिद्यार्थीको भुमिका महत्त्वपूर्ण हुने भएकाले बिद्यार्थीहरु सचेत हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

त्यसैगरि कार्यक्रममा नेपाल मगर बिद्यार्थी संघ प्रदेश समितिको सचीव धन बहादुर रोका (समीर) ले मगर बिद्यार्थीहरुको समस्याको समाधान गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न बिद्यार्थी संघ अझ बदि जिम्मेवार हुन आग्रह गर्नुभयो । नेपाल मगर बिद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्ष निर्मल पुर्जा मगरको अध्यक्षता नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समितिका सदस्य लिला पुर्जा मगरको संचालन र नेपाल मगर विद्यार्थी म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको सदस्य कुसुम पुर्जा मगरकोस्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।