युवाहरुको नेतृत्व तथा क्षमता विकासमा सक्रिय म्याग्दी जेसीजको महाशिवरात्रीको अवसरमा रघुंगगा गाउँपालिका–३,स्थित गायत्री मन्दिरमा सरसफाई तथा साम्रागी हस्तान्तरण गरेको छ । यूवाहरुको नेतृत्व विकाससँगै सामाजिक अभियानलाई समेत संगसंगै लैजाने अभियान अन्तरगत म्याग्दी जेसिजले मन्दिर परिसरमा सरसफाई तथा १० थान कुर्ची, गाईलाई १ सय २० केजी चोकर दाना, केही भगवनानका तस्विर हस्तान्तरण गरेको अध्यक्ष सुजन बरुवालले बताए ।

उनका अनुसार सोही अवसरमा मन्दिरका महाराज रमानन्द गिरी,स्थानीय यूवा नेता दिपक कार्की विखर्चीले मन्तब्य राखेका थिए । मन्दिरमा यूवाहरुको सहयोगले उत्साहित भएको महाराज गिरीको भनाई छ । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष सन्दिप खत्रीले गरेका थिए । यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकाससँगै पर्यटन लगायतका जनचेतनामुलक, सीपमुलक कार्यक्रमहरुमा जेसीज सक्रिय रहेको छ ।

Leave a Reply