बेनी नगरपालिका–२ हाँडेभिरबाट बगरफाँट जाँदै गरेको जीप भिरबाट खस्दा चालक घाईते भएका छन् । हाँडेभिरबाट तिब्र गतिमा गइरहेको जीप मंगलाघाटको पुरानो झोलुङ्गे पुलको माथीबाट खस्दा ग १ ज ६७९८ जीप अनियन्त्रित भई ५० मिटर तल म्याग्दी खोलामा खस्दा बागलुङ जिल्ला लेखानी घर भई बेनपा–२ बगरफाँट बस्ने ३६ बर्षिय डम्बर श्रीष घाईते भएका हुन् ।

जीप भीरबाट खस्ने क्रममा झोलुङ्गे पुलको लठ्ठामा परेको थियो । दुर्घटना लगत्तै स्थानीयले म्याग्दी खोलाले बगाइरहेको अवस्थामा चालकलाई दुर्घटनास्थल केही तलबाट उद्धार गरेका थिए । घाईते चालकको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

उनी खतरामुक्त रहेको बताइएको छ । घटनास्थलमा प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरको नेतृत्वमा पुगेको प्रहरीको टोलीले उद्धार तथा घटनाको प्रारम्भीक अनुसन्धान गरेको थियो। जीपले झोलुङ्गे पुलमा समेत क्षती पुगेको छ। कच्ची सडकको चिप्लो बाटोमा चालकको लापरवाहीले जीप चिप्लिएर खोलामा खसेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply