वेष्ट प्वाइन्ट कलेज मा गठित इन्फ्ल्युन्सियल ब्याचलर्स क्लबले अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा भ्यु पोइन्ट बोर्ड स्थापना गरेको छ । नेपाल पर्यटन बर्ष २०२० मा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न क्लवले शुत्रबार वडा अध्यक्ष चन्द्रप्रसाद फगामीको प्रमुख आतिथ्यतामा झरना नजिक बोर्ड स्थापना गरेको हो ।

बोर्डको वडा अध्यक्ष फगामी र कलेजका प्रिन्सिपल डीबी दाहालले उद्घाटन गरेका थिए। वडा अध्यक्ष फगामीले बेसीगाउँको सिरानमा अवस्थित छहराको सौन्दर्य मास्न नदिने गरी पूर्वाधार विस्तार भइरहेको बताउनुभयो । छहरा बाह्ै महिना उत्रै र उस्तै देखिने भएकाले पनि साँझ सूर्यको अस्ताउँदो प्रकाश पर्दा सप्तरङ्गी इन्द्रेणी पर्दा मनमोहक देखिने स्थानीयको भनाई छ । क्लवका अध्यक्ष दिनेश कुमार विश्वकर्माले झरनाको सुन्दरतालाई थप आर्कषक बनाउन बोर्ड स्थापना गरिएको बताउनुभयो ।

नारच्याङलाई लेकगाउँ र बेसींगाउँ गरि दुई भागमा छुट्याइएको छ, बेसींगाउँबाट लेकगाउँसम्म पुग्ने सडक समेत निर्माण गरिएको छ । पछिल्लो समय झरनाले चर्चा बटुल्न थालेपछि त्यहाँ घुम्न जानेको समेत भीड लाग्ने गरेको छ । बोर्ड स्थापना कार्यक्रमको सह सचिव निरुता बुढाथोकीको स्वागत र अध्यक्ष दिनेश कुमार विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । क्लवले विभिन्न कार्यक्रममार्फत रचनात्मक गतिविधिका साथै सहयोग समेत गदैं आइरहेको छ ।

Leave a Reply