म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगरले जन्मभूमि म्याग्दीलाई चिनाउने गरी सांगितिक यात्रालाई अगाडी बढाउने बताएका छन् । आफ्नो जिल्लालाई सांगितिक क्षेत्रमा चिनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।

नेपाली टेलिभिजन इतिहासमा सर्वा्धिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा टप ८ मा भित्र स्थान बनाउन सफल भएपछि पोखरा ठेगना लेखिएपनि म्याग्दीको ठिटो भएको प्रशस्त प्रमाणहरुसँगै सांगितिक यात्रालाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले नेपाल आइडलकै यात्रामा समेत म्याग्दीमा आउने प्रयास गरेको बताउँदै आएका छन् ।

नेपाल आइडलमा नेशन जिताउ अभियानको संयोजक नारायण पुनले पोखरा ठेगाना लेखिएपनि उत्तरी म्याग्दीको चित्रमा पर्यटन ब्यवसायका साथै बुबाले लामो समयसम्म चालकमा म्याग्दीका ग्रामिण सडकमा यात्रु बोक्ने काम गरेको बताउँदै आयोजकसँग अनुमति लिएर म्याग्दीलाई समेत प्रयोगितामै जोड्ने बताए।‘पढाईका लागी पोखरा बसेको कारण भ्रम परेको हुनसक्छ,‘हामीले म्याग्देली भएकै कारण अभियानमा जुटेका छौ’ पुनले भने । उनले अभियानमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको धेरै सक्रियता रहेको बताए ।

उनले आफ्नो जिल्लाको नाम आउनुपर्ने सामाजिक सञ्जालमा ब्यक्त भएका भावनाले थप उत्साहित भएको बताउँदै सांगीतिक क्षेत्रमा म्याग्देलीको शीर उच्च बनाउने गरी नै भविस्यमा नेशनकै उपस्थितिमा म्याग्दीमा कार्यक्रम गरिने बताए । पोखराको मनकामना आवासीय माविबाट माध्यामिक तहको पढाई सकेर हाल स्नातक तहमा अध्ययनरत छन् । उनलाई हिजो बिहिबारदेखि आगामी सोमबार विहान ६ बजेसम्म भोटिङ गर्न सकिन्छ ।

Wishing you every one a Joyful Shiva Ratri.
And Thank you each and everyone for your love and support.
#Myagdi#Myagdeli #rocks
#Pokhara#Pokhreli #rocks
#Nepal#Nepali
#Idol#NepalIdol
#Season3

Leave a Reply