अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

विप्लव समुहको म्याग्दी जनपरिषद प्रमुख पक्राउ

On: February 22, 2020 9:39 AM
Follow Us:

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समुहको म्याग्दी जिल्लाको जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन ‘जगत’ लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ आदिवाराबाट इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीको टोलीले शुक्रबार पक्राउ परेको सूचना अधिकारी एवम् प्रहरी निरिक्षक धुब्र शर्माले जानकारी दिए।

उनका अनुसार बिषेश सूचनाका आधारमा पक्राउ गरिएको पुनलाई एनसेल टावर आगजनी, स्थानीय तहका जनप्रतिनिधिहरुलाई जवरजस्ती चन्दा माग तथा कालोमोसो लगाउन, अभद्र ब्यवहार गर्ने, निर्माण ब्यवसायीहरुको उपकरणमा आगजनी गर्ने लगायतमा अनुसन्धान गरिने बताए ।