महा शिवरात्री पर्वको अवसरमा शुक्रबार साँझसम्म भक्तजनले मन्दिरमा चढाएको भेटी संकलन गरी प्रहरीकै उपस्थितीमा मुचुल्का गरिन्छ । रातभगलेश्वर मन्दिरमा शिवरात्रीमा २ लाख ६२ हजार भेटी संकलनरी प्रहरीकै सुरक्षामा भेटी र चावी कोषमा राखिन्छ । भोलीपल्ट विहान सरोकारावाला निकायको उपस्थितिमा प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारीले हस्ताक्षर गरेलगत्तै भेटी फिजारिन्छ, सबैले बसेर खनखनी पैसा गन्ने गर्दछन् ।

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा सधै यस्तै हुने गरेको छ । देशभरका ठूला मन्दिरहरुको भेटी दुरुपयोगका खवर सार्वजनिक भइरहेको अवस्थामा गलेश्वर मन्दिरमा विगत एकदशक यता मन्दिर परिसर भित्र सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने मिल्ने गरी भेटी गन्ने गरिन्छ ।

मन्दिरको भेटी सदुपयोगमा स्थानीयबासीले समेत सघाइरहेका छन् । विहानै सातबजेदेखि करिव ११ बजेसम्म लगातार भेटी गन्ने गरिन्छ । भेटी सार्वजनिको बेलामा आवश्यकता अनुसार सामाजिक सञ्जालको प्रयोग तथा सञ्चारमाध्यमलाई समेत जानकारी दिने गरिन्छ ।‘एकरुपैयाँ भेटी पनि दुरुपयोग हुन नदिने प्रयासमा छौ,‘पर्वमा छड्के निगरानीका लागि स्वयमसेवक समेत परिचालन गरिन्छ’ कोषका सचिव माधवप्रसाद रेग्मीले भने । उनले भक्तजनले समेत भेटी गन्न पाउने बताए । उनले भेटी गन्ने क्रममा मन्दिरमा आएका भक्तजनहरुको समेत चासो बढ्न थालेपछि चाहना भएकालाई गन्ने स्थानमा समेत राख्ने गरिन्छ । करिव १० देखि २० जनाको उपस्थितिमा भेटी गन्ने गरिन्छ ।

कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा भेटी गन्न थालिएपछि भेटीको संकलन गरी आवश्यकता अनुसार मन्दिरको पूर्वाधार सहितको क्षेत्रमा खर्च गर्ने गरिन्छ । महाशिवरात्रीको भेटी शनिबार दिउँसो नै सार्वजनिक गरिएको छ । गतबर्षको तुलनामा करिव ३० हजार भेटी कम भएको छ । शिवरात्रीको दिन बर्षा तथा गाउँमा रहेका मन्दिरमै दर्शन गर्ने भएकाले भक्तजनको संख्या समेत कम भएको कोषले जनाएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

शिवरात्रीमा २ लाख ६२ हजार भेटी संकलन

महाशिवरात्रीको अवसरमा गलेश्वर मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट २ लाख ६२ हजार भेटी संकलन भएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए । उनका अनुसार प्रतिकुल मौसमका कारण भक्तजनको संख्यामा कमी भएकाले भेटी संकलनमा समेत कमी आएको बताए । उनले शिवरात्रीभन्दा धेरै भेटी बालाचतुर्दशी र साउने सोमबारमा संकलन हुने गरेको छ ।

साविकको धौलागिरी अञ्चल बाहेक कास्की, रुपन्देही,चितवन,गुल्मी,नवलपरासी, काठमाण्डौ लगाएतका जिल्लाबाट बिहिबार राती नै मन्दिरमा आएर शनिबार विहान फर्किएका भक्तजनले दानपेटिकामा समेत सहयोग गरेको जनाइएको छ । शुक्रबार राती महाबत्तीमा महिला भक्तजनको भीड लागेको थियो १०८ शिवलिङ्ग, मुख्य मन्दिर, जलकुण्ड लगायत गलेश्वरभित्र भक्तजनले चढाएको दान संकलन शनिबार विहानसम्म गरिएको थियो । दान गर्ने क्रममा छिटफुट भेटीलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ ।

File photo

Leave a Reply