साउदी अरबमा सडक दुर्घटनामा घाईते भएका एक म्याग्देलीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा साउदीको एक कम्पनीमा कार्यरत मालिका गाउँपालिका–७, बालउटेका दिन बहादुर थापाको उपचारमा आर्थिक संकलन अभियानमार्फत शनिबार १ लाख ७१ हजार ९८५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।मालिका यूवा क्लव सहश्रधाराको पहलमा संकलित रकम मंगला गाउँपालिका वडा नं २ का अध्यक्ष धनबहादुर खाती, मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेल लगायत स्थानीय आमा समुहका प्रतिनिधिहरुको उपस्थितीमा घाईते थापाकी श्रीमति देवी थापालाई हस्तान्तरण गरिएको हो ।घाईते अवस्थामा साउदीबाट नेपालमा ल्याउन तथा नियमित उपचारका लागि अस्टेलियाबाट सन्तोष खातीको समुहले ९६ हजार ५ रुपैयाँ, यूवराज रानाको समुहले ६१ हजार ३८० रुपैयाँ, विप्लव ठकुरीले १० हजार, भगवती सुबेदी ५ हजार, राम पौडेल ५ हजार सहयोग प्राप्त भएको मालिका यूवा क्लव सहश्रधाराका अध्यक्ष मुक्ती केसीले जानकारी दिए । घाईते थापाको उपचारमा थप आर्थिक आवश्यक रहेको छ ।तीन छोरा १ छोरी रहेको थापाको घरायसी अवस्था दयनीय भएकाले अभियान सञ्चालन गरिएको थियो । सोही अवसरमा पीडित परिवारले सहयोगदातालाई धन्यवाद दिएका छन् । म्याग्दी जिल्लाकै पुरानो क्लवले स्थानीयस्तरमा स्वास्थ्य शिविर, सामाजिक जनचेतनामुलक अभियानसँगै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply