म्याग्दीका दुई यूवा सहित ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–१० डब्ल्याङ भन्ने ठाउँबाट म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङ घर भई हाल बेनपा ८ बेनीमा बस्ने २० बर्षिय हरी छन्त्याल, रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाका १८ बर्षिय लक्की पुन र बानपा–१० भकुण्डेका १९ बर्षिय बिशाल थापालाई प्रहरी निरिक्षक धुब्र शर्माको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तबाट १० डाईजापाम, फेनेरागन १०, नुर्फिन १० एम्पुल समेत बरामत गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका यूवाहरुलाई बागलुङ प्रहरीलाई बुझाएको छ । प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जिल्लामा आएलगत्तै लागु औषधको सञ्जाल र प्रयोगकर्ताको खोजीलाई तिब्रता दिएका छन्।‘विद्यार्थी उमेरका लागु औषधको दुब्र्यसनमा फसेका छन्,‘उनीहरूले साथीहरूलाई विक्री समेत गर्ने गरेको पाइएको छ’ प्रनाउ कुँवरले भने ।

उनका अनुसार सदरमुकाम बेनीमा स्कुले विद्यार्थीे समेत दुब्र्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रममा भेटिएको बताए । विगतमा समेत लागुऔषधको प्रयोगमा नियन्त्रणमा लिइएका यूवाहरुलाई समेत निगरानी गरिरहेको अवस्थामा मंगलाघाटबाट एकमहिना अगाडी ठूलो परिमाणमा लागुऔषध बरामत गरिएको थियो ।

Leave a Reply