समुदाय प्रहरी र प्रहरी युवा साझेदारी अभियान अन्तर्गत मंगला गाउपालिका–३, बरंजामा अवस्थित महेन्द्र रत्न माबिमा लागू औषध दुब्र्यसनी, साइवर अपराध र लैङ्िगक हिंसा सम्बन्धी स्कुल सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कर्यालय म्याग्दी र नेपाल युथ काउन्सिलको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मा लागुपर्दाथ दुब्र्यसनीको पहिचान, रोकथाम, पारिवारिक, आर्थिक तथा सामाजिक समस्याका बारेमा प्रशिक्षण दिनुभएको थियो । वर्तमान अवस्थामा स्कुले विद्यार्थी कसरी दुर्वसनीमा फसीरहेका छन ?दुर्वसनीबाट बच्न अभिभावक तथा स्कुले बिध्यार्थीहरुले के कस्ता पुर्व सावधानी अपनाउनु पर्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा प्रहरी नायब उपरीक्षक किरण जंग कुँवरले विद्यार्थीलाई साइबर अपराध तथा लागुपर्दाथ दुब्र्यसन विरुद्धको सचेतना प्रदान गर्नुभएको थियो । उहाँले किशोरावस्थाका बालबालिका र यूवा बढी दुब्र्यसनीमा फस्ने र साइबर अपराधमा संलग्न भएको तथ्याङ्क सार्वजनकि भइरहेको अवस्थामा ग्रामिण क्षेत्रमा दुरुपयोगको सम्भावनालाई मध्यनजर गरी प्रहरीले समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।कम्प्यूटरलाई आधार बनाएर कानुनले निषेध गरेका क्रियाकलाप गर्नु साइबर अपराध भएको उहाँको भनाई थियो । साइबर अपराध निकै चूनातीपूर्ण बन्दै गइरहेको बताउँदै साइबर अपराधमा संलग्न हुनेलाई पहिचान गर्ने आधुनिक विधि तथा संलग्नलाई कानुनी सजायका बारेमा समेत जानकारी गराइएको थियो । म्याग्दीमा सामाजिक सञ्जाल, मोवाईल तथा इन्टरनेटबाट ब्यक्तिगत तथा सामाजिक रुपमा हानी पु¥याउने कार्य बढ्दै गएको बताउँदै सुविधाको दुरुपयोगले सामाजिक सञ्जाल समेत असुरक्षित बन्दै गएकाले विभिन्न संघसंस्थामार्फत प्रहरीले अभियान नै सञ्चालन गरेको छ । कार्यक्रमको अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष कबिन्द्र रोकाले गर्नुभएको थियो भने नेपाल युथ काउन्सीलका सदस्य हरी कँडेल,महेन्द्र रत्न माबिका प्रध्यानाध्यापक कृष्णलाल सापकोटाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा महेन्द्र रत्न माबिमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीले सचेतना मुलक कार्यक्रमले दुब्र्यसनीको पहिचान र साइबर अपराधमा संलग्नलाई न्यूनिकरण गर्न सहज भएको बताएका थिए । जिल्लामा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, यूवा सञ्चाल र स्थानीय तहको सहकार्यमा समुदाय र विद्यालयस्तरमा दुब्र्यसनी विरुद्धको अभियान सञ्चालन भइरहेको छ ।

Leave a Reply