छिमेकी बागलुङ जिल्लाबाट बेनीका लागुऔषध प्रयोगकर्तालाई नियमित लागुऔषध पठाउने गरिएको सुईको पाएपछि निगरानी बढाउँदा म्याग्दी प्रहरीले लागुऔषध खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–१० डब्ल्याङ भन्ने ठाउँमा लागुऔषध खरिद विक्रि भई रहेको अवस्थामा म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङ घर भई हाल बेनपा ८ बेनीमा बस्ने २० बर्षिय हरी छन्त्याल, रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाका १८ बर्षिय लक्की पुन र बानपा–१० भकुण्डेका १९ बर्षिय बिशाल थापालाई नियन्त्रणमा लिइएको हो ।

जिल्लामा भित्रिने लागुऔषधको सञ्जाल ध्वस्त पार्ने कार्यमा सक्रिय रहेको प्रहरीले छिमेकी जिल्ला बागलुङको प्रहरीसँग समन्वय गरी कारोबारीकर्ता बानपा–१० भकुण्डेका थापालाई पक्राउ गर्न जाँदा म्याग्दीमा दुई यूवा खदिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए । ‘बेनीमा भित्रिने लागुऔषधीका नाकामा कडाई गरिएको छ,‘कारोबारी खोज्न जाँदा प्रयोगकर्ता समेत भेटिए’ प्रनाउ कुँवरले भने ।

उनका अनुसार प्रहरी निरिक्षक धुब्र शर्माको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएका तीनजना अभियुक्तबाट १० डाईजापाम, फेनेरागन १०, नुर्फिन १० एम्पुल समेत बरामत गरेको छ । विद्यार्थी उमेरका लागु औषधको दुब्र्यसनमा फसेकाले उनीहरूले साथीहरूलाई विक्री समेत गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । प्रहरीले नियन्त्रणमा लिएका यूवाहरुलाई बागलुङ प्रहरीलाई बुझाएको छ । बेनीमा भित्रिने प्रमुख नाका पर्वत जलजला गाउँपालिका–३ पर्वत बेनी, बागलुङ–रत्नेचौर सडक रहेको छ ।

गत माघ ७ गते बेनी नगरपालिका–७,मंगलाघाटमा लागुऔषध प्रयोगकर्तालाई विक्रीको तयारीमा रहेका दुई कारोबारीलाई पक्राउ गरेपछि प्रहरीले सक्रियता बढाएको छ । सानो लगानीमा धेरै कमाई हुने भएपछि प्रयोगकर्ताको माग अनुसार खत्री दाजुभाई घरभित्र बिक्री गर्ने तयारीका साथ लुकाइराखेको नुफिन १ सय ६,डाइजेपाम १ सय ४,फेनागन १ सय ४ र सिरिन्ज २ थान बरामद गरिएको थियो ।

सदरमुकाम बेनीमा अभिभावकको निगरानीको अभाव, कुलतमा फसेका साथीमार्फत दुब्र्यसनी र कारोबारकतारको स्थिति भयावह बन्न सक्ने भन्दै प्रहरीले समुदायमार्फत सहयोगको अपिल समेत गरेको छ । प्रयोगकर्ता र कारोबारीको गोप्य सूचना दिन समेत प्रहरीले अनुरोध गरेपछि पछिल्लो समय प्रहरीलाई एकपछि अर्को सफलता मिलिरहेको छ । भारतीय बजार रुपैडिहासम्म पुगेर लागुऔषध ल्याउने गरेका छन् ।

Leave a Reply