रबिना बोहरा/अक्सिजन उत्पादन गर्ने मेसिन अर्थात् अक्सिजन जेनेरेटर प्लान्ट पछिल्लो समय अस्पतालमा राख्ने क्रम बढेको छ । अक्सिजन अत्यधिक खपत हुने भएपनि भर्ने व्यवस्था नहुँदा समस्या हुन थालेपछि विभिन्न अस्पतालमा आफै प्लान्ट स्थापना गर्न सुरु गरिएको छ ।यसैबीच, बागलुङको धौलागिरी अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट सुरु भएसँगै पुरानो अक्सिजन सिलिण्डर भर्ने बाध्यताको अन्त्य भएको छ ।

सबैभन्दा धेरै अक्सिजनको आवश्यकता अस्पताललाई हुने गर्दछ । सहरी क्षेत्रमा त सहज रुपमा अक्सिजन पाइने भएपनि ग्रामीण अस्पतालमा भने प्लान्ट नहुँदा समस्या हुँदै आएको छ । तर, हरेक प्रदेशले अहिले आफै प्लान्ट राख्न थालेसँगै यो समस्याको अन्त्य हुने विश्वास गर्न थालिएको छ ।

यसैबीच, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले ९४ लाख ४० हजार रुपैयाँ लागतमा धौलागिरी अञ्चल अस्पतालमा नयाँ उपकरण जडान गरेको छ । १५ देखि २० सिलिण्डरको आवश्यकता पर्ने अस्पतालमा नयाँ प्लान्ट सञ्चालनमा आएसँगै खर्च पनि जोगिएको छ ।

अस्पतालले हाल पोखरा तथा बुटवलमा निजी कम्पनीले उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग गर्दै आएको थियो । अक्सिजन प्लान्ट’ सेवा शुरु हुँदा स्वास्थ्यकर्मी र बिरामी दुवैलाई उपचारमा निकै सहज हुने प्रदेश सरकारको दावी छ ।

अस्पताल व्यवस्थापन समितिका अनुसार उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा÷कोठामा पुर्यारइएको छ ।६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र रु ३३ लाखको लागतमा वितरण पाइप लाइन तयार गरिएको छ । अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्ट’ले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने दावी पनि गरिएको छ ।

Leave a Reply