एपीवान टेलीभिजनबाट प्रसारण हुने चर्चित रियालिटी शो नेपाल आइडल सिजन ३ का प्रतिस्पर्धी नेशन पुनलाई विजेता बनाउन प्रचारप्रसार तिव्र पारिएको छ । नेशन पुन जिताउ अभियान समितिका संयोजक नारायण पुनले विभिन्न छापा, अनलाइन माध्यम भोटको अपिल गरिरहेको बताए । नेशन आइडलको उत्कृष्ट ८ मा पर्न सफल भएका छन् ।

जातिय, राजनीतिक, लैङ्गिक भेदभाव नराखी निश्पक्ष कलाकारितालाई हेरेर भोट गर्न उनको आग्रह छ । नेशन भोटका आधारमा मात्रै नभएर प्रस्तुतिका हिसाबले समेत अब्बल भएकाले फाइनलमा प्रवेश गर्नेमा आफु विश्वस्त रहेको उनले बताए ।भर्सटाइल सिङ्गर सहित आइडलमा एक पछि अर्को राम्रो प्रस्तुति दिएका नेशन फाइनलमा पुग्नैपर्ने उनको भनाई छ । त्यही अनुरुप सहयोग समिति पनि लागिरहेको उनले जानकारी गराए ।

नारायण पुन भन्छन्, ‘म्याग्दीको इतिहासमा म्याग्दीको ठिटो नेपाल आइडल जस्तो स्टेजमा पहिलो पटक उभिएको हो ।नेशनले  म्याग्दीको इतिहास रचेका कारण पनि सम्पुर्ण म्याग्दी बासी सहित देश लगायत विदेशका विभिन्न भूभागमा बसोबास गर्ने नेपाली दाजुभाईदिदी बहिनीहरुले सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’नेशनलाई जिताउन गण्डकी प्रदेशका हरेक जिल्लामा विभिन्न उपसमिति गठन गर्ने काम भइरहेको उनले जानकारी गराए ।नेशनलाई ‘म्याग्दी ओबरसिज नेप्लिज एशोसियसन’(मोना) का विभिन्न देशबाट समेत सहयोग आइरहेको छ।

नेशन पुन जिताउ अभियान समितिका विदेश विभाग संयोजक जंग बहादुर पुनले विदेशमा रहेका प्रवासी नेपाली आबद्ध भएका संघसस्थाहरुसँग सहयोग मागिरहेको बताए । विदेशबाट समेत राम्रो सहयोग आइरहेको उनले जानकारी गराए ।

विदेशमा थुप्रै संघसंस्थाहरु छन् । नेशन पुनको गाउँ खिबाङका प्रवासीले खिबाङे समाज युकेको स्थापना गरेका छन् । उक्त संस्थाको समेत राम्रो सहयोग रहेको उनले बताए ।

मोना २८ देशमा स्थापित छ । २८ वटै देशका अध्यक्षहरु सँग सम्पर्क भइरहेको जंग बहादुर पुनले जानकारी गराए । मोनाबाट नेशनलाई जिताउन सहयोग मिल्नेमा उनी विश्वस्त छन् ।

यसपाली नेशनको विकल्पमा अरु नरहेको उनको दाबी थियो ।नेशनलाई अत्याधिक भोट गरी आइडल बनाउन पुनले आग्रह गरेका छन।नेशन जिताउ अभियान समितिकी आर्थिक विभाग संयोजक लक्ष्मी पुनले नेशनलाई जिताउन आर्थिक संकलन भइरहेको बताइन ।विदेश सँगै नेपालमा भएका नेशनका प्रशंसकले सहयोग गरिरहेको उनले जानकारी गराइन । नेशनका लागि संकलन भएको आर्थिक रकम विभिन्न प्रचारप्रसारका लागि खर्च गरिएको र भोट समेत हालिएको उनले बताइन् । Source:www.parichaynetwork.com

Leave a Reply