अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

भुरुङ तातोपानीबाट चरेस सहित दुई कारोबारी प्रहरीले नियन्त्रणमा

By -
On: February 26, 2020 9:16 PM
Follow Us:

जिल्लाको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीबाट चरेस सहित दुई यूवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुपदार्थको प्रयोगकर्ताले गोप्य रुपमा चरेसको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको एक टोलीले १४२ ग्राम लागू पदार्थ (चरेश) सहित भुरुङ तातोपानी बस्ने बाबा पुल हाउसका संचालक वर्ष ४४ बर्षिय हेमू ज्वारचन र ट्रेकर किराना पसल संचालन गरि बस्ने वर्ष ३७ का अशोक कुमार घर्तिलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक एवम् सुचना अधिकृत धुब्र शर्माले बेनीअनलाइनलाई जानकारी दिए ।

उनका अनुसार थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।पुर्जी समर्थन गराई थप अनुसन्धानको लागि दिन ५ म्याद थप भई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको ।

पक्राउ गरिएकालाई लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद २ को दफा ४(क) बमोजिमको भएकोले परिच्छेद ३ को दफा ११ बमोजिमको दण्ड सजायको व्यवस्था अनुसार मुद्धा चलाइने प्रहरीले जनाएको छ । उल्लेखित निषेधित कार्य गर्ने व्यक्तिलाई ५० ग्राम सम्म भए ३ महिना सम्म कैद वा तीन हजार रुपैया सम्म जरिवाना तथा पचास ग्राम देखि माथी ५०० ग्राम सम्म भए १ महिना देखि १ वर्ष सम्म कैद र १ हजार देखि ५ हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

प्रहरीले जिल्लाको सदरमुकाम बेनीबजार बाहेक ग्रामिण क्षेत्रका कारोबारी र प्रयोगकर्ताको खोजीकार्यलाई तिब्रता दिएको छ। जिल्लामा लागुऔषध र पदार्थको सेवनकर्ता र कारोबारीको सञ्जाल ध्वस्त बनाउने गरी अभियान सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए ।उनले पछिल्लो डेढ महिनामा तीनवटा स्थानबाट कारोबारी र प्रयोगकर्ता सहित भारीमात्रामा लागुऔषध समेत बरामत गरिएको बताए ।

प्रहरीले दुईदिन अगाडी छिमेकी बागलुङ जिल्लाबाट बेनीका लागुऔषध प्रयोगकर्तालाई नियमित लागुऔषध पठाउने गरिएको सुईको पाएपछि बागलुङ नगरपालिका–१० डब्ल्याङ भन्ने ठाउँमा लागुऔषध खरिद विक्रि भई रहेको अवस्थामा म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङ घर भई हाल बेनपा ८ बेनीमा बस्ने २० बर्षिय हरी छन्त्याल, रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाका १८ बर्षिय लक्की पुन र बानपा–१० भकुण्डेका १९ बर्षिय बिशाल थापालाई १० डाईजापाम, फेनेरागन १०, नुर्फिन १० एम्पुल समेत बरामत गरेको छ नियन्त्रणमा थियो भने गत माघ ७ गते बेनी नगरपालिका–७,मंगलाघाटमा लागुऔषध प्रयोगकर्तालाई विक्रीको तयारीमा रहेका दुई कारोबारीलाई पक्राउ गरेको थियो । मंगलाघाटबाट नुफिन १ सय ६,डाइजेपाम १ सय ४,फेनागन १ सय ४ र सिरिन्ज २ थान बरामद गरिएको लागुऔषध अहिलेसम्मकै ठूलो परिमाण हो ।

-