जिल्लाको मालिका गाउँपालिका–२ रूमको दुईवटा बस्तीमा बसोबास गर्ने दलितलृ मदिरा निषेधित क्षेत्र बनाउने अभियानको सुरू गरेका छन् । मदिरा सेवनका कारण गाउँमा विभिन्न घटना हुन थालेपछि धुल्याङ र रुममा बसोबास गर्ने रसाईली र गोतामेले परम्परागत रुपमा विवाह,कृया,छेवर, बन्तबन्ध लगायतका घरायसी तथा सामाजिक काममा मदिराको सेवन र प्रयोगलाई पुर्णरुपमा निषेध गरिएको तिलक रसाईलीले बताए । ‘नयाँ अभियानको सुरुवात गरेका छौ,‘सबैको साथ र आवश्यकताले यो घोषणा गर्न सफल भयौ’ उनले भने ।

उनका अनुसार परिवारभित्र हुने कार्यक्रमहरुका साथै जातिगत कार्यक्रमहरुमा मदिरामा हुने खर्चलाई सामाजिक तथा अन्य विभिन्न कार्यक्रमहरुमा सञ्चालन गर्ने बताएका छन् । समुदायको अभियानमा स्कुले बालबालिकाले समेत निगरानी गर्ने गरी योजना बनाएका छन भने दलित अगुवालाई समेत कार्यान्वयन गर्ने गरी योजना बनाएको सामाजिक परिचालक रैमति विकले बताईन् ।

बाबु दाजुले मदिरा पिएर पढने वातावरण बिथोल्ने, मदिरा सेवनले गाउँ, समाज र परिवारमा विकृति फैलने, हत्याको घटनामा समेत मदिराको कारण देखाउन थालेपछि समुदायले पहिलो चरणमा ब्यक्तिगत उत्सवमा मदिरा सेवनलाई प्रतिबन्ध लगाउने र विस्तारै गाउँमा दलित समुदाय सहभागी हुने कार्यक्रममा समेत मदिरा निषेध गर्ने योजना रहेको स्थानीय युवा भुपेन्द्र नेपालीले बताए । केही परिवारमा श्रीमानले कमाइ रक्सीमै उडाउने गरेको भन्दै महिलाहरु समेत उत्साहित भएका छन् । अभियानमा समेत महिलाले पूर्णरुपमा कार्यान्वयनको वातावरण बनाउने प्रतिबद्धता जनाउँदै नियमित अनुगमन गर्ने बताए । साविकको रुम गाविसको वडा नं ३ र ४ मा रसाइलीका ८५ घर र गोतामे ३० घरधुरी रहेका छन् ।

Leave a Reply