पर्वत बेनीमा अवस्थित न्यु होराइजन आवासीय माविले विविध कार्यक्रम गरी आफ्नो १४ औं अभिभावक दिवस मनाएको छ। म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतकोे जलजला गाउँपालिका–३, मा अवस्थित विद्यालयले दिवसलाई अवसरमा पुस्कार वितरण तथा विविध कार्यक्रम गरी दिवस मनाएको हो ।कार्यक्रमको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा गर्बुजाले उद्धघाटन गदैं गाउँपालिका भित्र निजि विद्यालयमार्फत शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्न सफल विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समुदायिक विद्यालयलाई समेत जोड्नुपर्ने बताईन् । उनले गाउँपालिका भित्रका समुदायिक विद्यालयलाई शैक्षिक रुपमासबल बनाउने अभियानमा निजी विद्यालयबाट समेत सहयोगको अपेक्षा गरिएको बताईन् ।

कार्यक्रममा वडा नं ३ का अध्यक्ष देवेन्द्र भण्डारी, वडा नं ४ का अध्यक्ष भिष्म मल्ल, शिक्षक अभिभावक संघका अध्यक्ष राम खत्री, अभिभावक कमला थापा,,पर्वत उद्योग वाणिज्य संघ जलजला उपशाखा उपाध्यक्ष चित्रराज रेग्मी, विद्यालयका संस्थापक अध्यक्ष दलबहादुर जिसी, प्याब्सन पर्वतका सल्लाहकार इन्द्र अधिकारी, विद्यालयहरुको तर्फबाट न्यु वेष्ट प्वाइन्टका सहायक प्रधानाध्यापक कृष्ण जिसीले बोलेका थिए ।कार्यक्रममा विद्यालयको पूर्व विद्यार्थी ईन्जिनियर प्रतिक्षा रेग्मी, पूर्व शिक्षक ताराकुमारी शर्मा, पूर्व अभिभावक संघ, ब्यवस्थापन समितिका निर्वतमान अध्यक्ष चित्रराज रेग्मी, ठाकुर रेग्मी, शिक्षकहरुको तर्फबाट पुर्व प्राथमिक तहबाट सुस्मा पुन, आधारभुत तहमा भागीरथ पाण्डे, माध्यामिक तहमा राजु खान, कक्षा ११ र १२ को तर्फबाट शिक्षक हरिकृष्ण गौतम, गतबर्ष राष्ट्रिय परिक्षा बोर्डबाट लिइने परिक्षामा एसईइ तर्फबाट विपिन मल्ल, प्लस टु को १२ मा उत्कृष्ट नतिजा ल्याउने सुस्मा खत्रीलाई सम्मान गरिएको थियो । सोही अवसरमा खेलकुद, अनुशासन, नियमित कक्षामा आउने लगायत विभिन्न विधामा ७० जना विद्यार्थीलाई सम्मान गरेका छन् । विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गदैं शैक्षिक र अतिरिक्त विधामा विद्यालयले हरेक बर्ष फड्को मादै गएको बताए । उनले विद्यालयको शैक्षिक अभियानमामा अभिभावको साथले थप सहज भएको बताए । अभिभावक दिवसको सञ्चालक समितिका अध्यक्ष दलबहादुर जिसी ‘शिव’ को अध्यक्षता, शिक्षक भागीरथ पाण्डेको स्वागत र सहायक प्रिन्सिपल नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयमा कक्षा १२ सम्म विद्यालयमा ६ सय जना बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Leave a Reply