मंगला गाउँपालिका–१ पूर्णगाउँमा अवस्थित राष्ट्रिय जनजागृति माविले आयोजना गरेको विद्यालयस्तरीय एकल डान्स आइकनको उपाधि रघुगंगा गाउँपालिका–४, जनता मावि दग्नामकी विपना गर्बुजाले प्राप्त गरेकी छिन् ।

विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले आयोजना गरेको प्रतियोगितामा द्धितिय दिपशिखा मावि कुहुँकी विपसा पुन, तृतिय राष्ट्रिय जनजागृति माविकी सुहानी पाईजा र सान्त्वना ज्योती आधारभुत विद्यालयकी सपना पाईजा, महेन्द्ररत्न मावि बरंजाका देबेन्द्र पुन र सरस्वती मावि तातोपानीकी निजन थापाले प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक टेक राम्जालीले बताए ।

प्रतियोगितामा विजेता गर्बुजाले नगद ९ हजार ९९९, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय, तृतियले क्रमश ७ हजार ७७७ र ४ हजार ४४४ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि मंगला गापा–१ कुुहुँका वडा सदस्य जितमान गौचन, पूर्व ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए। विगत तीनबर्ष देखि लगातार आयोजना भइरहेको प्रतियोगितामा मंगला बाहेक रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका विद्यालयले समेत सहभागिता जनाउने गरेका छन् ।

प्रतियोगिताको अध्यक्षता बाल क्लवका अध्यक्ष प्रविण खत्री, स्वागत जुरेश संयोजक सुदिन केसी र सञ्चालन शिक्षक भगिदत्त सुबेदीले गरेका थिए भने कार्यक्रमका बारेमा जानकारी विद्यालयका प्रअ राम्जालीले गराएका थिए । प्रतियोगितामा विद्यालयका भूपु विद्यार्थी हरि खत्री हाल दक्षिण कोरियाले प्रथम पुरस्कार, नवराज सुबेदी हाल अस्टेलियाले तृतिय, जीवन खातीले आर्थिक सहयोग र डिजि पिन्टका सञ्चालक भिमनाथ शर्माले मुल ब्यानर सौजन्य गरेका थिए भने दुई सान्त्वना पुरस्कार बिर बहादुर पाईजाले प्रयोजन गरेका थिए ।

Leave a Reply