---Advertisement---

करेन्ट लागेर १६ बर्षिय बालकको मृत्यु

On: February 29, 2020 8:51 PM
Follow Us:

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–१ खहरेमा करेन्ट लागे एक बालकाकाृ मृत्यु भएको छ । विजुलीको पोलबाट खानेपानीको पाईपमा बाँधेको फलामको तार चुडिँदा करेन्ट लागेर घाइते भएका १६ बर्षिय स्वदेश थापाको उपचारको लागि बागलुङ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका हवल्दार प्रेम खड्काले जानकारी दिए ।

थापा घाँस काट्नको लागि बागलुङ नगरपालिका–८ सिगाना गएको बेला करेन्ट लागेको थियो । थापालाई उपचारको लागि धौलागिरी अञ्चल अस्पाल बागलुङमा ल्याइदै गर्दा मृत्यु भएको थियो ।