सवै प्रकारका शिक्षकहरुलाई समान तलव लगायतका सवै सुविधाहरु एकै प्रकारको हुनुपर्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । शिक्षकहरूको आस्थाका आधारमा विभेद हुन नहुने र पेशागतत अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका हुन् ।

नेपाली काँग्रेसको निकट शिक्षकहरुको भातृ सस्था नेपाल शिक्षक संघ बेनी नगरपालिकामा दोस्रो स्थानीय तह प्रतिनिधि सभाको उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सभ्य समाज निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले शिक्षाको क्षेत्रमा संघीय सरकारले स्थानीयलाई हस्तक्षेप गर्ने, संविधानले तोकेको अधिकारलाई समेत प्रयोग गर्नबाट बन्चित गरिएको बताउँदै पेशागत अधिकार सुनिश्चितसँगै गुणस्तरीय शिक्षाका अभियानलाई सँगसँगै लैजानुपर्ने बताए । नगरपालिका भित्रका शिक्षकहरुको समस्याका बारेमा जानकार रहेको मेयर श्रेष्ठको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य केबी भण्डारी, प्रवक्ता अजयमिलन श्रेष्ठ,नेपाल महिला संघ ,म्याग्दीकी अध्यक्ष विमला गौचन,नेपाल शिक्षक संघ ,म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदी, नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमलप्रसाद ढुङ्गना,नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीका सचिव विशाल खत्रीले आस्थाका आधारमा विभेद भए प्रतिवाद गर्ने बताएका थिए ।

बेनी नगर इकाई सभापति काशिराम रेग्मीको अध्यक्षता, उपाध्यक्ष मोहनप्रसद सुबेदीको स्वागत, अर्थ सचिव सुनिल बानियाँको आर्थिक प्रतिबेदन र सहसचिव सुरेन्द्र प्रसाद केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नयाँ सदस्यता वितरण समेत गरिएको थियो । प्रतिनिधि सभाले नगरपालिका भित्र संगठनका गतिविधिसँगै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने,टे«ड युनियन अधिकारको सुनिश्चित, पेशागत हक अधिकार स्थापित हुनु पर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।

Leave a Reply