---Advertisement---

नेपाल आइडल सिजन-३ मा लम्किदै नेशन पुन

On: February 29, 2020 10:03 PM
Follow Us:

नेपाली टेलिभिजन इतिहासमा सर्वा्धिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा एकपछि अर्को बेजोड प्रस्तुतीले लोकप्रिय बन्दै गएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगरलाई नेपाल आइडलको विजेता बनाउने अभियानले समेत तिब्रता पाएको छ ।

हिमाल,पहाड र तराईलाई जोड्ने कला र संस्कृति जोडेर सांगितिक प्रस्तुतीमा जमेका पुनलाई जिताउ अभियान स्वदेश तथा विदेशमा समेत तिब्रता पाएको छ । अभियानमा विभिन्न संघसंस्थाले सहयोग समेत गरेका छन् । नेशन पुन जिताउ अभियानका संयोजक नारायण पुन लगायत समितिका सदस्यहरूको उपस्थितिमा पुन मगर समाज यूके, खिवाङ समाज यूके,खर्पाकेली समाज नदिपुरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सोही अवसरमा पुन मगर समाज यूकेका अध्यक्ष बलबहादुर पूर्जालाई धन्यवाद सहित सम्मान गरिएको छ । नेशनलाई निर्णायक न्ह्यू बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटासँगै हरेक हप्ताको अतिथि गायकगायिकाले समेत खुलेर प्रशंसा गर्ने गरेका छन् ।

नेपाल आइडलमा सुरुवातदेखिनै जर्जले समेत सेलीब्रेटीको रुपमा चर्चा गरेका छन् । अन्नपूर्ण गापा–६ घारको चित्र स्थायी घरभई हाल पोखरा नदीपुरमा समेत बस्दै आइरहेका २० वर्षिय पुनले आफुँ म्याग्दीको भएको होस्टमार्फत जानकारी गराइसकेका छन् । उनले अडिसनमा पोखरा भएकाले पोखरा भनेपनि आफ्नो जन्मभूमि म्याग्दी भएकाले सहयोगको अपिल समेत गरेका छन् ।

नेशन पुन जिताउ अभियानमा ब्यस्त टोली
समितिका संयोजक नारायण पुनका अनुसार खिवाङ्गी समाज युके, प्रवासी म्याग्देली नेपाली संघ, हङकङ (दिपक पुन, सुजन तिलीजाडोको पहलमा),दक्षिण कोरिया, खिवाङ्गी समाज पोखरा, कर्वाकेली समाज पोखरा नदीपुर—३, बुदुजा समाज पोखरा, खिवाङ्गी युवा समाज पोखरा,नेपाल मगर संघ कास्की, पुन समाज पोखरा लगायतको सहयोग आएको उनले बताए।

नेशन पुन जिताउ अभियानमा पुन समाज दक्षिण कोरियाद्वारा सहयोग गर्नेहरु रामचन्द्र पाईजा पुन (किन्दु), खिमा तिलिजा पुन (शिख), मनिराम तिलिजा पुन(पाउद्वार), दिल गर्बुजा पुन(स्वात), जगत पुन(बेग), पुस्कल पुन (दोबा), लोक पुन (चितवन), याम पुर्जा पुन(नारच्याङ्ग),मन पुर्जा पुन(घोरेपानी), रामसारा फगामी पुन(देविस्थान), जिवन पुर्जा पुन(किन्दु), सिमा गर्बुजा पुन(बुटवल),उर्बी पुन(ढुङ्गेपाटन), हरि पुर्जा पुन (बेग) रहेका छन् ।

एकपछि अर्को प्रस्तुती राम्रै दिँदै गएका नेशनको विकल्प अरु कोही नभएको सहयोग समितिको ठहर छ । समितिले प्रचारप्रसारलाई समेत यसअघिनै तिव्र पारेको छ । पोखराका विभिन्न क्याम्पस, रेष्टुरेण्ट, होटलहरुमा नेशनको भोट अपिलको ब्यानर राखिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेशनको पक्षमा भोट अपिल गर्नेको जमात विस्तारै बाक्लिदै छ ।