नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लगायत विभिन्न माग गर्दैै बेनीमा विरोध गरेको छ ।

आइतबार विहान बेनीबजारको क्याम्पसचोकमा पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको अतिरिक्त कर फिर्ता लिनुपर्ने, ललिता निवासमा निस्पक्ष छानविन गर्नुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखी विरोध प्रर्दशन गरेको नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाई सभापति सुजता खत्रीले बताईन् ।

विरोध सभामा नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीले पुस्तकमा कर लगाएर विद्यार्थीमाथी घोषित दमन गरेको बताए ।विद्यार्थीलाई राहत र सहुलियतको सुविधा दिनुपर्नेमा उल्टै महँगी बढाउँदै लगेको भन्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।

Leave a Reply