जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँमा अवस्थित दिपशिखा माविलाई एक ब्यक्तिले साढे दुई लाख बराबरको कम्प्युटर सहयोग गरेका छन् ।

कुहुँ घर भई हालअस्ट्रेलिया बसोबास गर्दै आएका हरि राम्जालीले तृप्ती फाउन्डेसनमार्फत विद्यालयको कम्प्युटर ल्याबका लागि ५ बटा डेल ल्यापटप आइतबार वडा अध्यक्ष डेकबहादुर राम्जालीमार्फत हस्तान्तरण गरेका छन्। स्वर्गीय पिता नरबहादुरको स्मृतिमा विद्यालयका बालबालिकालाई आधुनिक प्रविधिको प्रयोग गरी पठनपाठनमा सहज हुने गरी उक्त सहयोग गरेको प्रधानाध्यापक डा.नन्द बहादुर खत्रीले बताए ।

उनका अनुसार विगतमा राम्जालीले विद्युतीय पुस्तकालय स्थापनाका लागी ७५ हजार र पुस्तकालय ब्यवस्थापन र पुस्तक थप गर्न ५० हजार सहयोग समेत गरेको बताए। ‘विद्यालयमा उहाँमार्फत धेरै सहयोग प्राप्त भएको छ,‘शैक्षिक क्षेत्रमा राम्जाली परिवारको योगदान अतुलनीय छ’ डा. खत्रीले भने ।

उनका अनुसार तृप्ती फाउण्डेशनमार्फत विद्यालयमा ५ लाख को कोष पुर्याउने प्रतिबद्धता समेत प्राप्त भएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका तुलबहादुर पुन, सहयोगदाताका दाई रुकबहादुर राम्जाली लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply