चीनमा फैलिएको कोरोना भाइरसबाट बच्न म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको भानु माविमा सचेतनामुलक कार्यक्रम गरिएको छ । रत्नेचौर रेडक्रस सर्कलको संयोजन र रत्नेचौर स्वास्थ्य चौकीको विषेश सहयोगमा विद्यालयमा एकदिने सचेतनामुलक कार्यक्रममार्फत भाइरसबाट बच्ने उपाय र यसको लक्षणबारे जानकारी गराइएको विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताए ।

उनका अनुसार विद्यालयस्तरमा गरिएको कार्यक्रमले विद्यार्थीमार्फत अभिभावक र समुदायमा समेत सन्देश प्रवाह भएको बताए । छिमेकी राष्ट्र चिन हुदै विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बारेमा पहिलोपटक विद्यालयस्तरमा कार्यक्रम गरिएको हो । भाइरसबाट बच्ने उपाय र त्यसका लक्षणबारे रेडक्रस सोसाईटी, स्वास्थ्य कार्यालयका साथै स्थानीय तहले समेत चासो देखाएका छन् ।

Leave a Reply