पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरमा सञ्चालित एक बोर्डिङ स्कुल सामुदायिक माविमा गाभिएको छ । सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने अभियान अन्तरगत भृकुटी सनराइज बोर्डिङ स्कुल मंगला नमुना तथा प्राविधिक माविमा गाभिएको हो । भृकुटी सनराइजका सञ्चालक समितिको फागुन १२ गतेको निर्णय अनुसार नयाँ शैक्षिक सत्रबाट विद्यालयको दर्ता खारेज गरी विद्यालयमा भर्ना गर्ने निर्णय गरेको मंगला माविका शिक्षक होमनाथ पाण्डेले बताए । वि.स. २०६४ मा स्थापना भएको उक्त निजी विद्यालयले केहीबर्ष अनुमति नलिई अवैध रुपमा सञ्चालन गरेकोमा तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत बन्द गर्न दवाव दिएपछि बेनी नगरपालिका–५ पुलाचौरको भृकुटी सनराइज बोर्डिङ स्कुलको नाम खरिद गरी सञ्चालन गदै. आइरहेको अवस्थामा बजारमै रहेको सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाबाट अभिभावक समेत प्रभावित भएपछि निजीलाई सामुदायिकमा गाभ्न सञ्चालकलाई दवाव पुगेको थियो ।

विद्यालयमा गाभिएपछि अभिभावकको चाहना अनुसार कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट बोर्डिङले भाडामा लिएको जग्गामै पठनपाठन सञ्चालन गर्ने मंगला का प्रधानाध्यापक गमबहादुर खत्रीले बताए । भृकुटीका करिव १ सय ३५ जना विद्यार्थीसँगै शिक्षकलाई समेत विद्यालयको मातहतमा सञ्चालन गरिने बताए ।

बोर्डिङ स्कुलको फर्निचरको मूल्य लगायतका संरचनाको मुल्याङ्कन गर्न कार्यदल समेत बनाइएको छ । भवन भने भाडामा प्रयोग गदैं आइरहेको थियो।मंगलाको बरंजामा सनसाईन बोर्डिङ स्कुल, रनवाङमा मालिका जनहित बोर्डिङ र बावियाचौरमा डनिङ आवासीय मावि रहेको छ । मंगलामा पूर्व प्राथमकि तहदेखि कक्षा १२ सम्म अपाङ्गमैत्री संरचना सहित ४६६ जना विद्यार्थी छन् । यसैबीच दुवै विद्यालयले एक कार्यक्रम गरी गाभिएको सन्देश दिने बताइएको छ ।

Leave a Reply