म्याग्दीमा दुई चरणमा दादुरा रुबेला रोग बिरुद्धको खोप अभियान चैत्र १० देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । जिल्लाको ६ वटै स्थानीय तहका ९ महिना देखी ५ बर्ष मुनिका ९ हजार ३ सय ५१ बालबालिकालाई खोप लगाउने स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।

उनका अनुसार हाल स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत योजना तर्जुमा गोष्ठी लगायत विभिन्न तालिम सञ्चालन भइरहेको छ । जिल्लाका ६ वटा स्थानीय तहमध्ये पहिलो चरणमा धवलागिरी, मालिका र मंगला गाउँपालिकामा चैत्र १० देखि १९ गते र दोस्रो चरणमा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा चैत्र २० देखि २९ गतेसम्म खोप लगाईने छ ।

साविकको एक गाविसका ९ वडामा पुग्ने गरी हरेक वडामा कम्तिमा ९ वटा खोप केन्द्र हुने बताए । खोप केन्द्रमा २ सय खोपकर्ता सँगै ३ सय ७० स्वास्थ्य स्वयमसेवकीहरु परिचालन गरिने छ। ज्वरो सँगै शरिरमा राता फोकाहरु आउने लक्षण दादुराको हुन्छ भने हाडजोर्नी सुन्नीने, रक्तश्राब हुने र मष्तिस्कमा असर पार्ने जस्ता रुबेलाको लक्षण हुने स्वास्थ्यकर्मीले बताए ।

Leave a Reply