बरंजा गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले ‘जन्मभूमि बरंजा’ नामक म्यूजिक भिडियो बजारमा आएको छ । मंगला गाउँपालिका वडा नं ३ र ४ को बरंजा सांस्कृतिक समुहले बरंजा गाउँ भित्रका पर्यटकीय, धार्मिक लगायत विभिन्न पक्षलाई समेट्ने गरी बरंजा गाउँको चिनारी यूटुवमार्फत सार्वजनिक गरेको हो । पर्यटकीय एवम् धार्मिक दृष्टिकोणले सम्भावनायूक्त बरंजा गाउँका धार्मिक, सांस्कृतिक पक्षलाई समेत म्यूजिक भिडियोमार्फत प्रचारप्रसार गरिएको छ ।  म्यूजिक भिडियोमा चर्चित गायिका मेलिना राईसँगै झलक पुन मगरको स्वर रहेको छ, गीतका रचना सांस्कृतिक समुहका अध्यक्ष कलाधर कँडेल, संगीत दिपक शर्मा, एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् भने निर्देशन पुष्कर विवेक थापाले गरेका छन् ।

गीतमार्फत बरंजा गाउँको बास्तविकतालाई उजागर गर्न सफल भएको सांस्कृतिक समुहले जनाएको छ । म्यूजिक भिडियोमा संलग्न कलाकार सहित सम्पूर्णलाई सम्मान समेत गरिएको छ । यसअगाडी पनि निर्देशक थापाले म्याग्दीका विभिन्न पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने म्युजिक भिडियोको छायांकन गरेका छन् ।

Leave a Reply