नेपाल छन्त्याल संघ केन्द्रीय समितिको सातौं राष्ट्रिय महाधिवेशन दाङ, जिल्लाको तुलसीपुरमा हुने भएको छ । आगामी चैत्र ७–९ गते हुने महाधिवेशनको तयारी तिब्र पारिएको छ ।

‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन, ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका तय गरिएको छ । छन्त्याल जातिको इतिहास, भाषा, धर्म, संस्कृति, कला, साहित्य, भूमि, भूक्षेत्र आदिको संरक्षण र सम्र्बद्धनमा सक्रिय रहेको संघको महाधिवेशनम स्वदेश तथा विदेशबाट सहभागीता रहने संघका अध्यक्ष मनमोहन छन्त्यालले बताए ।

उनले नेपालका सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक रहेको छन्त्याल जातिलाई एकजुट बनाउन महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताए । अध्यक्ष छन्त्यालको संयोजक महाधिवेशनका लागि ६३ जनाको मुल आयोजक समिति समेत गठन गरिएको छ । समितिले महाधिवेशनमा आवश्यक पर्ने सम्पूर्ण तयारीलाई समेत तिब्रता दिएको छ ।

छन्त्यालहरूको सघन बसोबास भएका प्रदेश नं। ३, ४, ५ मा प्रदेश समितिका साथै म्याग्दी, बागलुङ, गुल्मी, सुर्खेत, मुस्ताङ काठमाडौं, कास्की, रुपन्देही, दाङ जिल्लामा संघका साथै ७० वटाभन्दा बढी प्रारम्भिक गाउँ समिति, छन्त्याल युवा संघ, छन्त्याल महिला संघ, छन्त्याल विद्यार्थी संघ, छन्त्याल अनुसन्धान केन्द्र गरी ४ वटा रहेको महासंघले जनाएको छ । त्यस्तै बेलायत, अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, हङकङ, जापान, बेल्जियम, पोर्तुगल, दुबईलगायतका देशहरूमा छन्त्याल संस्थाहरू गठन भई छन्त्यालको हित, उत्थान, विकास, पहिचान र अधिकारका लागि कार्य गरिरहेको महाधिवेशन मुल समितिले जनाएको छ ।

म्याग्दी र बागलुङ जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणना अनुसार छन्त्यालहरू ४३ जिल्लामा छन् ।छन्त्याल जातिको जनसंख्या ११ हजार ८ सय १० छ रहेकोमा म्याग्दीमा मात्रै ३८ सय ८९ जना रहेको गण्डकी प्रदेश उपाध्यक्ष ओम छन्त्यालले बताए । छन्त्याल जातिको ऐतिहासिक थातथलो पश्चिम नेपालको धौलागिरि हिमालको पूर्व–दक्षिण–पश्चिम र काली गण्डकी नदी उपत्यकाको भूभाग भएको देखिन्छ ।

Leave a Reply