देशदेखि विदेशसम्मका सम्पूर्ण छन्त्यालहरूको प्रतिनिधिमूलक एक मात्र साझा संस्था नेपाल छन्त्याल संघ हो । ‘छन्त्याल जाति हित समिति’ ९सन् १९७९० हुँदै जातीय पहिचान, उत्थान र हितका निम्ति सम्वत् २०४३ मा काठमाडौं उपत्यकामा अस्थायी र स्थायी बसोबास गर्ने छन्त्यालहरूको सक्रियतामा ‘छन्त्याल परिवार संघ’को स्थापना भएको थियो ।

सन् १९९६ को पहिलो महाधिवेशनपश्चात् ‘छन्त्याल परिवार संघ’लाई परिवर्तत गरी ‘नेपाल छन्त्याल संघ’ नामाकरण गरियो । संघ आप्mनो स्थापनाकालदेखि आदिवासी जनजाति आन्दोलनले उठाएका मुद्धाहरूलाई आत्मसात गरी निरन्तर क्रिशाशील छ।

‘छन्त्याल परिवार संघ’को नाममा सम्वत् २०४९ ९द।नं। ३६१÷०४८÷०४९० देखि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संघसंस्था दर्ता ऐन, २०३४ मुताबिक आधिकारिक रुपमा दर्ता भएको थियो । तर सम्वत् २०५२ मा जि।प्र।का। काठमाडौंबाट नै नाम परिवर्तन गरी ‘नेपाल छन्त्याल संघ’ को रुपमा यसले कार्य सम्पादन गरिरहेको छ । नेपाल सरकार समाज कल्याण ऐन, २०४९ बमोजिम सम्वत् २०५२÷०१÷०३ देखि समाज कल्याण परिषद्मा आबद्ध समेत भएको छ । नेपाल आदिवासी जनजाति महासंघको स्थापना सम्वत् २०४७ को शुरुवाती चरणदेखि नै सदस्य संगठनको रुपमा यसको उपस्थिती र सक्रियता रहेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ अनुसार सूचिकृत आदिवासी जनजातिहरू मध्ये ‘छन्त्याल’ पनि एक भएकोले प्रतिष्ठानको सञ्चालक परिषदको एक जना सदस्य सिफारिश गर्ने अधिकारसम्पन्न संस्थाको रुपमा समेत छन्त्याल संघ रहेको छ । जातिको हक, अधिकार र पहिचानका लागि प्रतिबद्ध भई संघले निरन्तर कार्य गरिरहेको छ । छन्त्याल जातिको इतिहास, भाषा, धर्म, संस्कृति, कला, साहित्य, भूमि, भूक्षेत्र आदिको संरक्षण र सम्र्बद्धनमा संघ प्रतिबद्ध छ ।

छन्त्यालहरूको सघन बसोबास भएका प्रदेश नं। ३, ४, ५ मा प्रदेश समितिहरू, बागलुङ, म्याग्दी, गुल्मी, सुर्खेत, मुस्ताङ काठमाडौं, कास्की, रुपन्देही, दाङ जिल्लाहरूमा संघमातहत ९ वटा जिल्ला समितिहरू, गाउँ÷नगर÷महानगर समितिहरु, ७० वटा भन्दा बढी प्रारम्भिक गाउँ समितिहरू र विद्यानतः गठित विभिन्न समितिहरू क्रियाशील छन् । केन्द्रीय स्तरका भातृ संगठनहरूः छन्त्याल युवा संघ, छन्त्याल महिला संघ, छन्त्याल विद्यार्थी संघ, छन्त्याल अनुसन्धान केन्द्र गरी ४ वटा छन् ।

अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन । ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन ।।

रोजगार र अवसरका लागि स्थायी र अस्थायी रुपले संसारभरका विभिन्न विदेशहरूमा समेत छन्त्याल संघसंस्था वा संयन्त्रहरू क्रियाशील छन् । बेलायत, अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, हङकङ, जापान, बेल्जियम, पोर्तुगल, दुबईलगायतका देशहरूमा छन्त्याल संस्थाहरू गठन भई छन्त्यालको हित, उत्थान, विकास, पहिचान र अधिकारका लागि कार्य गरिरहेका छन् ।

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ अनुसार नेपालका सूचिकृत ५९ आदिवासी जनजातिमध्ये छन्त्याल जाति एक हो । सरकारी मानवीय विकास सूचाङ्क–२०५८ को आधारमा नेपाल आदिवासी जनजाति महासंघद्वारा वर्गीकृत ‘सुविधा वञ्चित समूह’मा पर्ने एक आदिवासी जनजाति हो, छन्त्याल । छन्त्यालहरूको आदिम ऐतिहासिक थातथलो पश्चिम नेपालको धौलागिरि हिमालको पूर्व–दक्षिण–पश्चिम र काली गण्डकी नदी उपत्यकाको भूभाग भएको देखिन्छ ।

छन्त्याल जाति र खानीबीच ऐतिहासिक सम्बन्ध रहेको छ किनकि छन्त्यालहरूको इतिहास तामा खानीसँग जोडिएको छ । नेपालको खानीको इतिहासमा पश्चिम नेपालको ‘उपल्लो बाइसखानी’ छन्त्यालहरूले सञ्चालन गर्दथे । छन्त्यालहरूको बस्तीहरूमा तामा खानी खनेका÷चलाएका सुरुङ ९खानीको दुलो÷प्वाल०का अवशेषहरू अहिले पनि जीवित छन् । साथै अधिकांश छन्त्याल गाउँबस्तीहरूको नामको पछाडि ‘खानी’ शब्द जोडिएर थातथलो÷गाउँहरूका नाम बनेका छन् ।

छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति, प्रथाजनित कानुनलगायत रहेका छन् । जसले जातिको इतिहास, पहिचान, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक विषयवस्तुमाथि गहिराइमा पुग्न आधार तयार पार्दछ । छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ः खड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्गे ।

छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ । बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ । छन्त्यालको जनसङ्ख्या ६,५६५ महिला र ५,२४५ पुरुष गरी कुल ११,८१० रहेका छन् ।

जसमध्ये बागलुङमा ३,९७८ ९३५।४१० र म्याग्दीमा ३,८८९ ९३४।६१० गरी कुल ७,८६७ ९७०।०२० को सङ्ख्यामा दुईवटा जिल्लामा मात्र बसोबास गर्दछन् । छन्त्याल भाषा बोल्ने वक्ताको सङ्ख्या महिला २,४५८ र पुरुष १,८२५ गरी ४,२८३ ९३६।२७० रहेका छन् । सन् २०११ को तथ्याङ्क अनुसार नेपालको साक्षरता प्रतिशत ६५।९ रहको छ भने यस जातिको साक्षरता प्रतिशत ७२।७ रहेको छ ।

आदरणीय छन्त्याल बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु नेपाल छन्त्याल संघ एउटा ऐतिहासिक विरासत बोकको संस्था हो । यस संस्थाको पहिलो, दोश्रो, तेस्रो, चौथौ, पाँचौं गरी छैठौ राष्ट्रिय महाधिवेशन २०७३ पौष १५,१६,१७ गते पोखरामा सम्पन्न भएको कुरा यहाँहरुलाई सर्वविदित नै छ । यस कार्यसमितिले यस तीन बर्षको अवधिमा छन्त्यालहरुको विकास, पहिचान, सहजिकरण, अधिकार प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्यो ।

यस अवधिमा विभिन्न रोगबाट ग्रसित भएर उपचार खर्च जुटाउन नसकी पिडित भएका छन्त्यालहरुलाई, आकस्मीक दुर्गघटनाबाट पिडित छन्त्यालहरुलाई आर्थिक सहयोग जुटाउन अग्रनी भूमिका खेल्यो । यस समितिले विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपश्चात १४ महिनाको निम्ति पाईलट प्रोजेक्टको रुपमा “आदिवासी नेभिगेटर परियोजना” पनि संचालन गरिराखेको छ । यस समितिले संञ्चालन भएको अक्षयकोषको रकम बृद्धि गरी थप अक्षयकोष स्थापना गरेको छ । भाषाको क्षेत्रमा अनौपचारीक कक्षा सञ्चालनको लागि पाठ्यक्रम तयार गरी महाधिवेशन अवधिसम्म पाठ्यपुस्तक तयारीमा जुटेको छ ।

यस समितिको विधान अनुसार समयावधि पुगिसकेको हुनाले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु प्रमुख दायित्व महशुस गरी महाधिवेशनको तयारीमा जुटिरहेको छ । यही २०७६ चैत्र महिनाको ७, ८ र ९ गते सम्पन्न हुने सातौं राष्ट्रिय महाधिवेशनमा बहालवाला के।स। का पदाधिकारी, सदस्य, संंरक्षक परिषद, सल्लाहकार हरु सबै स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन ।

राष्ट्रिय महाधिवेशनमा प्रत्येक भातृसंगठनबाट २÷२ जना महिला प्रतिनिधि सहित ७÷७ जना प्रतिनिधि, प्रत्येक प्रदेश समितिबाट २÷२ जना महिला प्रतिनिधि सहित ५÷५ जना प्रतिनिधि, जिल्ला समिति बाट २÷२ जना महिला प्रतिनिधि सहित ५÷५ जना प्रतिनिधि, प्रत्येक महानगर÷उपमाहानगर÷नगर÷गाउँपालिका समितिबाट १÷१ जाना महिला प्रतिनिधि सहित ३÷३ जना प्रतिनिधि र प्रत्येक प्रा।स। वाट महिला प्रतिनिधि १÷१ जना सहित ३÷३ जना प्रतिनिधि सहभागी हुन सक्नेछन । महाधिवेशनमा सबै स्तरमा गठित प्रारम्भिक, गाउँ÷नगर, जिल्ला, प्रदेश र भातृ संगठनहरूबाट १÷१ जना व्यक्तिले पर्यवेक्षकको रुपमा भाग लिन पाउने छन् । तर पर्यवेक्षकहरूलाई निर्वाचनमा उम्मेदवार दिने र मतदान गर्ने अधिकार हुने छैन । मनमोहन छन्त्याल/अध्यक्ष :नेपाल छन्त्याल संघ केन्द्रीय समिति

Leave a Reply