अहिले बजारमा अंगुरको सिजन छ । खादा रसिलो र स्वादिलो अंगुर स्वाथ्यका दृष्टिकोणले पनि निक्कै उपयोगी मानिन्छ । विभिन्न रोगका लागि अंगुर औषधि समेत बन्छ । कुन रोगका लागि सहयोगी बन्छ त अंगुर ? थोरै चर्चा गरौं –

दम – फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुरले दमको समस्या समाधान गर्न मद्दत गर्छ ।

मुटु रोग – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ ।

माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ ।

कब्जियत – अंगुरले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ । Agency

Leave a Reply