पर्वतारोहणमा विश्व रेकर्ड कायम गरेका निर्मल पूर्जालाई मात्रृशोक परेको छ । पूर्जाकी ममतामयी आमा पूर्णकुमारी पूर्जाको ७५ बर्षको उमेरमा निधन भएको हो । लामो समयसम्म बिरामी भएकी पूर्जाको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना घर भई हाल चितवनमा बसोबास गर्ने पूर्जा लामो समयदेखि मृगौला पीडित हुनुहुन्थ्यो ।

पञ्चातकालमा म्याग्दीमा महिला सभापतिको करिव एकदशक सक्रिय स्वर्गीय पूर्जाले महिला हिंसा लगायतका सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्थ्यो। हिन्दु धर्मालम्बी पूर्जाले हिन्दु धर्मसम्बन्धि विभिन्न कार्यक्रमको अगुवाई समेत गरेर चितवनमा समेत विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।

आफ्नो कान्छो छोराले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढ्ने क्रममा अन्तिम हिमाल चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोको आरोहण पछि फर्किने बेलामा छोरालाई लिन हेलिकप्टरमा चिनको सिमानामा पुग्नुभएको थियो । स्वर्गीय पूर्जाको चार छोरा एक छोरी छन् । साइला छोरा मोना यूकेका पूर्व अध्यक्ष एवम् यूके साथै नेपालमा सामाजिक कार्यमा सक्रिय छन् ।

Leave a Reply