म्याग्दी बहुमुखी क्याम्पसमा नोवेल कोरोना भाइरसबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नोवेल कोराना भाइरसबाट बच्ने उपायाका बारेमा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई संक्रमणबाट जोगिने र सचेतनामुलक कार्यक्रम सञ्चालन गरी समुदायलाई सुरक्षित गर्ने उपायका बारेमा जानकारी गराइएको थियो ।

अनेरास्ववियू म्याग्दीले आयोजना गरेको कार्यक्रममा बेनी अस्पतालका डाक्टर विशाल तिवारी, विश्वास मेडिकलमा सञ्चालक भिमप्रसाद तिवारीले सहजिकरण गरेका थिए । सचेतनामुलक कार्यक्रममा अस्पतालका डा. तिवारीले कोभीड–१९ भनिने यो भाइरस खोक्दा र हाछयँु गर्दा निस्कने थुकबाट एवं संक्रमित मानिसले छुँदा पनि सर्छ सक्ने भएकाले सरसफाइ अपनाउन तथा संक्रमण फैलिनबाट बच्न सकिने बताए ।

उनले भिडभाडमा नजनो, नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने एवं रुघा खोकीकोजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, त्यस्तो लक्षण हुने व्यक्तिको सम्पर्कबाट टाढा रहने, सार्वजनिक स्थानमा जादा मास्क लगाउने लगायतका सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

१०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुने बताइएको थियो । कार्यक्रममा म्याग्दी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी, निवर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटा लगायतको उपस्थिती रहेको थियो । नेपालमा समेत कोरोना भाइरसको उच्च जोखिममा रहेको अवस्थामा विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले बताए ।

 

Leave a Reply