ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा विदेशी पर्यटक भरिभराउ थिए ।विश्वका विभिन्न देशबाट आएका यूवाहरूको जमघट देखिएको केन्द्रमा विदेशीको प्रमुख आर्कषण सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल थियो ।

कुनै एक गैरसरकारी संस्थामार्फत विश्वभरका यूवाहरुलाई आयोजित सेमिनारमा नेपालमा चलेको १० बर्षे सशस्त्र युद्धको उदाहरण दिने गरी पोलका बारेमा केन्द्रका कर्मचारीले विदेशीलाई बताइरहेका थिए ।

केही विदेशीले पोलमा सेल्फी खिचिरहेका थिए, एकल र समुहमा पोल देखिने गरी तस्वीर लिन ब्यस्त थिए। पोलको नजिकै भित्तामा अंग्रेजी र नेपालीमा पोलको बारेमा लेखिएको विवरणहरूलाई आफ्नो मोवाइलमा खिच्ने नेपाली पर्यटकहरुले पोल कसरी यहाँ आयो भन्ने जिज्ञासमा केन्द्रका कर्मचारीहरुले अनविज्ञता प्रकट गरेका थिए ।

पाटन ढोकास्थित मदन पुस्तकालय गुठीमा पुग्ने नेपाली र विदेशीलाई आर्कषित गर्ने पोल तत्कालिन विद्रोही माओवादी र सरकारी सेनाबीच बेनी भीडन्तको प्रमाणका रुपमा रहेको युद्धपोलबाट केन्द्रले मनग्य लाभ लिइरहेको छ। नेपालमा चलेको यूद्ध, शान्ति प्रक्रिया सम्बन्धि कुनैपनि कार्यक्रमहरुलाई केन्द्रमा सञ्चालन गर्नुको प्रमुख उद्देश्य नै पोल भएको कर्मचारीको भनाई छ ।

२०६० चैत ७ गते तात्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला सरकारी सेना र माओवादी सेनाबीच दोहोर भीडन्तमा बेनी–मंगलाघाट सडकअन्तरगत हाल रहेको सिचाँई कार्यालय नजिक सयौं गोली लागेर छियाछिया भएको पोल रातारात पाटन ढोकामा पु¥याइएको थियो ।

पोल काठमाण्डौ पु¥याएको एकदशक वितिसक्दा समेत जिल्लामा फिर्ता ल्याउने पहल नहुदाँ १० बर्षे सशस्त्र युद्धको बास्तविकता बुझ्न आउने विदेशीहरु पोलको अवलोकन र पाटन ढोकामा राखिएका जानकारीहरु हरेर फर्किने गरेका छन्।

‘पोलका बारेमा हामीले धेरै जानकारी दिन मिल्दैन्,‘धेरै समाचार आएकाले सरहरुलाई नै सोध्नुहोस्’ एक कर्मचारीले भने । उनले पोल हेर्नेका लागी आउने पर्यटकले ब्यापार बढाएको भने स्वीकार गरे । गुठीका सञ्चालक कनकमणि दीक्षितले तत्कालिन समयमा विद्युत प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा विना जानकारी सुटुक्क रातीमा पोल परिवर्तन गरी पाटन ढोका पु¥याएका थिए ।

लामो खोजीपछि सञ्चालक दीक्षितले आवश्यक प्रक्रिया पुरा गरेर आए पोल फिर्ता दिने बताएपनि जिल्लाका सरोकारवाला निकायको बेवास्ताका कारण राखिएको यालमाया केन्द्रले जनाएको छ । पोललाई यूद्धको निसानीको रुपमा मात्रै नभई यूद्धले नेपालीलाई पारेको नकारात्मक असरको सन्देश दिनका लागि समेत पोलको संरक्षण गरेको यालमाया केन्द्रको भनाई छ ।

गफ धेरै, प्रगति सुन्य
तत्कालिन माओवादी र राज्यको यूद्धका कारण सत्र हजार नेपालीको मृत्यु भयो । तत्कालिन यूद्धको क्रममा भएका अवशेसहरु मुस्किलले भेटिने गरेको अवस्थामा पोल एउटा साँक्षीको रुपमा रहेको छ । युद्धका अवशेसहरु बिस्तारै हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई यूद्ध संग्रालयमार्फत आर्कषित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोलका बारेमा सामाजिक सञ्जालमा बेलाबेलामा फाइरल समेत हुने गरेको छ ।

मदन पुरस्कार पुस्तकालय हातामा स्थापना भएको ‘शान्ति संग्रहालय’मा राख्ने गरी बेनीबाट रातारात गायव गरिएको पोल फिर्ता ल्याउने चर्चा धेरै भएपनि प्रगती सुन्य जस्तै छ । पोललाई बेनीमा ल्याएर सहिद स्मारक बनाउने, लभ्लीहिलमा यूद्ध संग्रालय बनाउने जस्ता योजना बनाइएपनि बेनी नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमार्फत प्रभावकारी पहल हुन सकेको छैन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत गृहमन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरको ध्यानकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाइएको थियो । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, लायन्स क्लव अफ नेपालका चन्द्रकुमार केसी, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ लगाएतको सहभागितामा ज्ञापनपत्र बुझाइएको थियो ।

पोल बन्नसक्छ बेनी भ्रमणको आर्कषण
तत्कालिन माओवादी र राज्य बिच सबैभन्दा ठूलो आक्रमण बेनीमा भएको थियो । बेनी आक्रमणको चैत्र ७ गते १६ बर्ष पुरा हुन्छ । बेनी आक्रमणको क्रममा फालिएका बमहरु अझै भेटिदैछन् । केहीसमय अगाडी मोटरको सेल समेत भेटिएको थियो। पोल लगायत बेनी आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्ने थियो ।

युद्धका अवशेसहरुलाई संग्रह गरेमा अध्ययन अनुसन्धान गर्न समेत विदेशी समेत बेनीसम्म आउने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएमा जिल्लामा नयाँ किसिमका पर्यटकहरु भित्रिने उनको भनाई छ ।

रातारात गायब गरिएको उक्त पोल जिल्लामा फिर्ता ल्याउन अव ठोस पहल आवश्यक रहेको उनको भनाई छ । म्याग्दीका धेरै बस्तीहरुलाई समेटेर गुरिल्ला पदमार्ग समेत बनाइएको अवस्थामा बेनी आसपासका क्षेत्रमा पोल सहित यूद्धका बास्तविकतामा आधारित नयाँ संरचना, अलपत्र र बिग्रिएका हतियारहरु भण्डारन, आक्रमणका क्रममा लिइएको तस्वीहरुको प्रर्दशनी लगायतका कार्यहरुलाई समेट्नुपर्ने उनको भनाई छ ।

Leave a Reply