सन्त र आदर्श नेताको रुपमा चिनिएका नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको त्याग, संघर्षलाई सधै जिवन्त राख्नुपर्ने म्याग्दीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । भट्टराईको ९ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस म्याग्दीले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राणाशाही र पञ्चायत विरुद्धसंघर्षका क्रममा लामो समय जेल जीवन बिताएर तानाशाहको अन्त्यमा ज्यानकै बाजी मारेकाले प्रजातन्त्रको स्थापना गरेको बताएका थिए ।

सोही अवसरमा पार्टीका प्रबक्ता अजयमिलन श्रेष्ठले भट्टराईका बारेमा लेखेको पुस्तक ‘सन्तनेता किसुनजी’को जिल्ला सभापति खम्बीर गर्बुजाले विमोचन गरेका थिए । सोही पुस्तकको लेखक श्रेष्ठ र महासमिति सदस्य चिरञ्जीवि शर्माले चर्चा गरेका थिए ।

त्यस्तै सहसभापति एवम् महासमिति सदस्य नेत्र बहादुर महतले कविता बाचन गरेको थिए । सन्त नेताका रुपमा परिचित भट्टराईको ८७ वर्षको उमेरमा २०६७ साल फागुन २० गते निधन भएको थियो । कार्यक्रमको सञ्चालन सचिव मिनबहादुर कार्की, सभापतित्व सभापति गर्बुजाले गरेका थिए । कार्यक्रममा पार्टीका जिल्लास्तरका नेताकार्यकताको उपस्थिती रहेको थियो ।

Leave a Reply