---Advertisement---

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गदैं बेनीमा मैनबत्ती बालियो

On: March 3, 2020 10:39 PM
Follow Us:

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गदैं नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु म्याग्दीले सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा नेपालको झन्डा बनाएर मैनबत्ती बालेको छ ।

सुखी नेपाली, समृद्ध नेपालको नारा सहित राष्ट्रको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै आयोजित कार्यक्रममा संविधानसभाका सदस्य नवराज शर्मा, नेकपाका नेता सुरत केसी लगायतले स्वास्थ्यलाभको कामना गरेका थिए।

क्याम्पस चोकमा भेला भएका विद्यार्थीहरुले मैनबत्ती बालेर प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपल्ट मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेका थिए । सोमबार बेलुका प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएका थिए । म्याग्दीसँगै देशरभ नेकपा निकट विद्यार्थीले स्वास्थ्यलाभको कामना गदैं कार्यक्रम गरेका छन् ।