म्याग्दीमा कोराना भाइरसका संवेदनशीलतालाई मध्यनजर गदैं बेनी अस्पतालमा तीन बेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ।  जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सरोकारावाला निकायको बैठकले सम्भावित जोखिमलाई मध्यनजर गरी अस्पतालमा कम्तिमा ३ बेडको क्वारेन्टाइन बनाउने तयारी भइरहेको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कुटवालले बेनीअनलाइनलाई बताए ।

‘हामीले छलफल सुरु गरेका छौ,‘क्वारेन्टाइन नाम मात्रै नभई मापदण्ड पूरा गर्नुपर्छ’ कटुवालले भने । उनले कोरना संक्रमणको लक्षण देखिएका रोगहरूका बिरामीलाई थप उपचारका लागी पोखरा पठाउनु अगाडी क्वारेन्टाइनमा राख्न सकिने बताए ।

उनले प्रदेश सरकारसँग आवश्यक छलफल तथा उपकरण ल्याउने, अस्पतालका चिकित्सकको सहयोगमा उपयुक्त ठाउँको मर्मत सम्भार गरी सामानको व्यवस्थापन गरिने बताए । १०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी जस्ता समस्या भएका बिरामीलाई उच्च निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

नियमित बिरामीलाई समेत चिकित्सकले कोरना भाइरस सम्बन्धि जानकारी दिदैं खोक्दा र हाछयँ गर्दा निस्कने थुक, संक्रमित मानिसले छुँदा पनि सर्छ सक्ने भन्दै सरसफाइ अपनाउन तथा संक्रमण फैलिनबाट बच्न सकिन्छ भने भिडभाडमा नजनो, नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने एवं रुघा खोकीकोजस्तो लक्षण देखिएमा तत्काल अस्पतालमा आउन अनुरोध गरेको अस्पतालका मेडिकल कोर्अनेटर डा. नवराज बस्ताकोटीले बताए ।

Leave a Reply