बेनी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा नमुना युवा संसद अभ्यास कार्यक्रम सुरु भएको छ । युवाहरुमा संसदीय अभ्यासको बारेमा जानकारी गराउने उद्देश्यसहित नमुना युवा संसद अभ्यास कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले युवाहरुमा संसदीय अभ्यासको ज्ञान दिनका लागि नगरपालिकामार्फत नमुना युवा संसद अभ्यास कार्यक्रम आयोजना गरिएको बताइन् । उनले युवा वर्गलाई भविष्यमा संसदमा पुग्का लागि दक्ष बनाउने कार्यक्रमको उद्देश्य रहेको बताउँदै कार्यक्रममा सहभागी युवाहरुलाई सक्रियतापूर्वक अभ्यास गर्न सुझाव दिएकी छिन् ।

बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले कार्यक्रमबाट युवाहरुलाई सरकार, जनता र समुदायप्रति जिम्मेवार बनाउन मद्दत पु¥याउने बताउँदै संसद सञ्चालनको जानकारी तथा समाज विकासका निम्ती सक्रियताका साथ लाग्न आवश्यक भूमिका निभाउने बताए । कार्यक्रम उपप्रमुख बरुवालको अध्यक्षता र स्रोतव्यक्ति जयराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम आगामी तीन दिनसम्म सञ्चालन हुने शिक्षा तथा युवा खेलकुद शाखाले जनाएको छ । कार्यक्रमको नगर शिक्षा अधिकृत अर्जुन पौडेल, स्रोतव्यक्तिद्वय जयराम सुवेदी, मोहन बानियाँ, गण्डकी प्रदेश युवा सञ्जाल अध्यक्ष समिर रोका र सहजकर्ता दर्पण रोकाले सहजीकरण गरिरहेका छन् । प्रताप बानियाँ

Leave a Reply