बेनी नगरपालिकाले यसवर्ष कोरोना भाइरसका कारणले गर्दा नारी दिवस नमनाउने निर्णय गरेको छ । बुधबार नगर उपप्रमुख सन्जु बरुवालको अध्यक्षतामा जिल्लास्थित विभिन्न सरोकारवालाहरुसहित बसेको वैठकले दिवस नमनाउने निर्णय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयले सूचना जारी गर्दै यसवर्ष नारी दिवस नमनाउन आग्रह गरेको हुँदा दिवस नमनाइने बेनी नगरपालिकाले जनाएको छ । मन्त्रालयले पठाएको सूचनामा हाल विश्वमा फैलँदै गैरहेको ‘कोभिड–१९’ लाई मध्यनजरी गरी जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावनाले बृहत भेला, सभा, समारोह आदी कार्यक्रम गर्न उपयुक्त नभएको उल्लेख गरिएको छ ।

यसैगरी आगामी मार्च ८ गते ¥यालीसहितको साझा अभियान कार्यक्रम ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हाललाई स्थगित गर्न सोमबार बसेको मन्त्रीपरिषदको वैठकको निर्णय अनुसार भएकाले कार्यक्रम नगर्न आग्रह गरिएको छ ।
देशैभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ठूला कार्यक्रम तथा सभा नगर्ने मन्त्रालयको आग्रह अनुसार बेनीमा पनि कार्यक्रम नहुने नगर उपप्रमुख सन्जु बरुवालले बताइन् ।

Leave a Reply