मौकामा चौका हान्ने दाउ ! १० को माक्स ५० रुपैयाँमा विक्री गरेको गुनासो

अघिल्लो दिनसम्म टनाटन माक्स देखिएको बेनीको औषधी पसलमा एउटा सर्जिकल माक्स किन्न खोज्दा बेनी नगरपालिका–३,भकिम्लीका धन श्रीषले पाएनन्। एउटा कि प्याकेटै भन्ने औषधी पसलेले माक्स नभएको जवाफ दिएको श्रीषले सामाजिक सञ्जालमा लेखेका छन्।

कोरोना भाइरसको सन्त्रास छाइरहेको बेला सुरक्षित रहने भरपर्दो उपाय ’सर्जिकल माक्स’का लागि भकिम्लीबाट बेनी आएका बाख्रापालक श्रीषले माक्सको कालोबजारी भइरहेको गुनासो गरे ।

‘भएको माक्स पनि दिदैनन्,‘अनुगमन प्रभावकारी हुनुपर्छ’ श्रीषले भने । कोरोना संक्रमण सुरू भएसँगै सदरमुकाम बेनीसँगै जिल्लाका सहायक बजारहरुमा रहेका औषधी पसलमा माक्समा कालोबजारी भइरहेको सर्वसाधारणले महशुस गरिरहेका छन् ।

सर्जिकल माक्स औषधी पसलमा पाइने भएपनि सकिएको भन्दै पठाउने गरेको एक सर्वसाधारणले गुनासो गरे । ‘१० रुपैयाँ पर्ने माक्सलाई पचास रुपैयाँमा विक्री गरेको गुनासो बढेको छ’ उनले भने । बेनीका बजारमा माक्स नै पाइन छोडेपछि माक्स लगायतका वस्तुमा कालोबजारी गर्नुका साथै कृत्रिम अभाव सिर्जना गरिएको सर्वसाधारणको गुनासो छ।

छिमेकी राष्ट्र चिनबाट फैलिएको कोरोना भाइरसको त्रास तथा गर्मी महिनामा फैलिने विभिन्न सरुवा रोगबाट जोगिन सर्जिकल माक्स प्रयोग गर्नेको संख्या बढेसँगै बेनीबजारमा सञ्चालित क्लिनिक पसलले केहीदिन अगाडीसम्म १० रुपैयाँमा विक्री गर्ने गरेकोमा अहिले केही महिना माक्स नै नआउने भन्दै चार गुणा भन्दा बढी मुल्यमा बिक्रि गर्ने गरेको गुनासो गरेका छन् ।

कोरोनाको संक्रमणबाट जोखिन माक्सको प्रयोगलाई चिकित्सकले जोड दिएपछि ग्रामिण क्षेत्रमा समेत माग बढेको छ। कपडाको भन्दा सर्जिकल माक्स सजिलो र सुरक्षित हुने भएकाले प्रयाप्त नभएपनि चार गुणा महँगोमा विक्री गरेको पाइएमा कानुनी कारवाही गरिने सहयाक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बताए ।

‘अभावमा कृतिम र कालोबजारी गर्न पाइदैन्,‘बजारमा छड्के अनुगमन गछौ’ सुबेदीले भने । उनले नियमित बजार अनुगमन बाहेक छड्के चेकजाँचलाई समेत तिब्रता दिने बताए । बढी मुल्यमा खरिद गर्नुपरेमा जिल्ला प्रसाशन कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा देखिएका गुनासो यस्ता छन् ।

म्याग्दी जिल्ला स्थित बेनि बजार को कुनै पनि क्लिनिक मा माक्स छैन ! हिजो अस्ति सम्म कातुन को कातुन देखिन्थ्यो ! बाइक मा हिड्दा लगाउने एउटा पिस माग्दा पुरै प्याकेत कि एउटा भनेर सोध्थ्यो आज त प्याकेत चाहियो भन्दा एउटा पनि छैनरे
बेनिको सडकमा सामान राखेको हटाउदै हिड्ने सरकारवालाले बिस्वभर कोरानाको महामारी फैलाएको बेला ५ रुपैयाँमा पाहिने माक्सलाई ५० रुपैयाँमा लुकिलुकि बेच्ने मेडिकलहरुमा पनि छापा हान्नु पर्छ ।
यस्तो बेलामा पैसा काउने लोभमा कालोबजारी गर्ने मेडिकल सन्चालकलाई कारबाही गर्नु पर्छ ।
बिस्वभर कोरानाको महामारी फैलाएको बेला ५ रुपैयाँमा पाहिने माक्सलाई ५० रुपैयाँमा लुकिलुकि बेच्ने मेडिकलहरुमा पनि छापा हान्नु पर्छ ।यस्तो बेलामा पैसा काउने लोभमा कालोबजारी गर्ने मेडिकल सन्चालकलाई कारबाही गर्नु पर्छ ।