नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधिसभा स्थगित, शिक्षकलाई विद्यालयमा कोरोना भाइरस बारे सचेतना फैलाउन अनुरोधमहामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस संक्रमणको कारण नेपाल शिक्षक संघ म्याग्दीको २२ औं जिल्ला प्रतिनिधिसभा स्थगित भएको छ ।

संघीय र प्रदेश समितिको निर्णयलाई समेत आधार मानेर यही फागुन २५ गते बेनीमा आयोजना हुने प्रतिनिधि सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको नेपाल शिक्षक संघका जिल्ला म्याग्दीका अध्यक्ष दुर्गाराम सुबेदीले बताए। ‘कोरना भाइरसका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ,‘शिक्षकले आफ्नो विद्यालयमा भाइरसका बारेमा जानकारी गराउनुहुनेछ’ सुबेदीले बेनीअनलाइनलाई भने ।

उनका अनुसार जिल्लाका सबै पालिकामा प्रतिनिधिहरुले विद्यालयमा विद्यार्थी र विद्यार्थीमार्फत अभिभावकलाई जानकारी गराउने गरी संघले ६ वटै स्थानीय तहमा रहेको पालिकास्तरीय संघका अध्यक्षमार्फत जानकारी गराइएको बताए । शिक्षक संघको अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको समेत उपस्थिति हुने सम्भावना थियो ।

Leave a Reply