सुख्खा पहिरोले चार दिनदेखि अवरुद्धबेनी–जोमसोम सडक सुचारु भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बेनी–जोमसोम ७६ किलोमिटर सडक खन्ने क्रममा मुस्ताङको थासाङ गाउँपालिका–४,घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा सुख्खा पहिरो खसेर अवरुद्ध भएको बाटो बिहिबार विहानदेखि सुचारु भएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीले बाटो सुचारु गरेको हो । सुख्खा पहिरोले शर्मा गजुरमुखीको स्काभेटर चालक सिन्धुपाल्चोक, इन्द्रवाती गाउँपालिका वडा नं ५, बाडेगाँउ धुसिनीका ३५ बर्षिय अर्जुन दाहालको मृत्यु भएपछि क्षर्तीपुर्तीका लागी कम्पनीले आनाकानी गरेपछि बुधबार खुल्न नसकेको सडक सहमतिसँगै बिहिबार सञ्चालमा आएको हो ।

सुख्खा पहिरोले मुस्ताङ घुम्न गएका र जाने तयारीमा रहेका आन्तरिक पर्यटकहरु अलपत्र परेका थिए । तीनदिनसम्म लगातार भीरबाट ढुंगा खस्दा आवतजावतमा समेत समस्या भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर समेत रहेका शेरचनका अनुसार सडक सञ्चालनमा आएसँगै यात्रु गन्तब्यतर्फ लागेका छन् ।

हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना र छिमेकी मुस्ताङको थासाङ गाउँपालिका–४,घासा आसपासको सडक पर्छ । सडक अवरुद्ध हुदाँ पर्यटकहरु भीरबाट जोखिम मोलेर वारपार गरेका थिए ।

 

Leave a Reply