बेनी–जोमसोम ७६ किलोमिटर सडक खन्ने क्रममा मुस्ताङको थासाङ गाउँपालिका–४,घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा सुख्खा पहिरो खसेर ज्यान गुमाएका शर्मा गजुरमुखीका स्काभेरट चालकको परिवारले अन्तत १५ लाख क्षतीपुर्ती पाएका छन् ।

सुख्खा पहिरोले घटनास्थलमै मृत्यु भएका सिन्धुपाल्चोक, इन्द्रवाती गाउँपालिका वडा नं ५, बाडेगाँउ धुसिनीका ३५ बर्षिय अर्जुन दाहाललाई कियाखर्च दिएर उम्किने प्रयास गरेको कम्पनी बिरुद्ध स्काभेटर चालकले आन्दोलन गरेपछि बुधबार सहमति भएको हो ।

सहमतिमा कम्पनीले १० लाख उपलब्ध गराउने, बिमा बापतको ५ लाख गरी १५ लाख पीडित पक्षलाई दिने, शबलाई काठमाण्डौसम्म कम्पनीले नै लैजाने लगायतका बुँदा रहेको स्काभेटर चालकको सञ्जालका सदस्य देबेन्द्र चोखालले बताए ।

उनका अनुसार मुस्ताङमा भएको सहमतिमा मृतकका छोरीको नाममा शिक्षा लगायतको पालनपोषण खर्च समेत राखिने उल्लेख छ । मृतक दाहालको शब निकाल्न, क्षर्तीपुर्तीमा कम्पनीले अडान लिएपछि कम्पनी अन्तरगत भुरुङ तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको सडक स्तरोन्नतिमा खटिएका शर्मा गजुरमुखीमा आवद्ध स्काभेटरका चालकका साथै सहकर्मीले लगातार दवाव दिएका थिए ।

स्काभेटर चालक हिरा माजी, राजकुमार, भण्डारी, सुदिप रिसी लगायतका बाहिर काम गर्ने चालकहरुले समेत कामा छोडेर आन्दोलनमा सघाएका थिए । मृतक दाहालका बुबा रेशम बहादुर, बहिनी कल्पना दाहाल र कम्पनीको तर्फबाट सविन भट्टराईले हस्ताक्षर गरेका छन् । मृतक दाहालको जेठी छोरीको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोकमा ज्यान गएको थियो ।

Leave a Reply