म्याग्दीको बेनी नगरपालिका–९, अलवाङकी ३२ बर्षिया स्तन क्यान्सर पिडित शान्ति पौडेलको उपचारमा बेनीमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि शान्ति बचाउन अभियान अन्तरगत बेनीबजारमा ७७ हजार ९२० संकलन भएको अभियानमा सदस्य सन्दिप खत्रीले बताए । बेनीबजारका विभिन्न चोक, गल्लीमा आर्थिक संकलन गरिएको थियो ।

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी शान्तिको उपचारमा घरबाट आर्थिक जुटाउन सम्भव नभएपछि बाध्य भएर सडकबाट सहयोग जुटाएको अभियानका संयोजक दामोदर शर्माले बताए । शान्तिको पुष महिनामा स्तन क्यान्सर भएको पहिचान भएको थियो । करिव साढे तीन लाखभन्दा बढी खर्च भइसकेको छ ।

शल्यक्रियाका लागि केमो चढाएर उपचार भैरहेको अवस्थामा आर्थिक समस्या भएपछि स्वदेश तथा विदेशमा सहयोगको अपिल समेत गरिएको छ । पीडित पौडेलको एक छोरा दुई छोरी छन् । यसैबीच शान्ति बचाउ समितिले आर्थिक सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ।

Leave a Reply