विश्व व्यापक कोरोना भाइरसको माहामारीलाई मध्यनजर गरी यहाँको एक विद्यालयले अभिभावकलाई कोरोना भाइरस सम्बन्धि सचेतनामुलक सन्देश पठाउने निर्णयसँगै फागुन २४ गते संचालन गरिने भनेको २९ औं अभिभावक दिवस हाललाई स्थगित गरेको छ ।

सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविले म्याग्दी जिल्ला भरि कुनै सभा, वैठक तथा कुनै पनि ठूला समूहगत कार्यक्रम गर्न गराउन नपाइने जिल्ला प्रशासनको निर्णयलाई मध्यनजर गरी अभिभावक भेला स्थगित गरिएको विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँले बताए ।

‘हामीले विद्यार्थीलाई कोरना भाइरसबाट जोगिने उपायका बारेमा जानकारी गराउन सुरु गरेका छौ,‘ विद्यार्थीले अभिभावकलाई पुर्याउने प्रतिबद्धता जनाएका छन्’ निर्देशक बानियाँले भने । उनले कक्षा ५ सम्म विद्यार्थीलाई कक्षाभित्र र ६ देखि १० कक्षासम्मका विद्यार्थीले अभिभावकलाई जानकारी गराउने बताए । भाइरस सम्बन्धि त्रासलाई न्यूनिकरण गदैं सचेतनामुलक कार्यक्रम गरिने बताए । यसैबीचे वार्षिक परीक्षाको कार्यक्रममा हेरफेर गरेको विद्यालयले जनाएको छ।

Leave a Reply